🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाट बाहिरियो

भारत (गोवा), २० जेठ : साफ च्याम्पियपनसिपमा नेपाल दोस्रो पटक सेमिफाइनलबाट बाहिरिएको छ । सन् २०१० देखि सुरु भएको यस प्रतियोगितामा आज नेपाल बङ्गलादेशसँग पराजित भएको हो । यसअघि सन् २०१६ मा भएको साफ च्याम्प्यिनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

गोवास्थित पण्डित जवाहारलाल नेरु रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलअन्तरले पराजित गरेको हो । खेलमा पहिलो अग्रता नेपालले लिएको थियो । नेपालको लागि गीता रानाले खेलको २३ औँ मिनेटमा गोल गरिन् । दीपा शाहीले प्रहार गरेको कर्नर किकमा गीताले डि बक्स एरियाबाट गोल गर्न सफल भएकी हुन् ।

नेपालको एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको पहिलो हाफको अतिरिक्त समयमा बङ्गलादेशले गोल गर्दै खेल बराबरीमा फर्कायो । बङ्गलादेशको लागि रितु पोर्ना चक्माले गोल गरिन् । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा बङ्गलादेशकी सागुरिकाले थप एक गोल गर्दै बङ्गलादेशको जित सुनिश्चित गरिन् । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *