🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हात्तीको दाह्रा तस्करीमा पाँच जना पक्राउ, लागुऔषध पनि बरामद

काठमाडौं । काठमाडौंको मनमैजु क्षेत्रमा अवैध रूपमा वन्यजन्तु हात्तीको दाह्रा ओसारपसार, बिक्री–वितरण तथा सञ्चय गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा तारकेश्वर नगरपालिका–९ मनमैजु र टोखा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका–९ मनमैजुका २५ वर्षीय राजिव महर्जन, काठमाडौं महानगरपालिका–१७ बसन्तपुरका २७ वर्षीय आयुष महर्जन, गोरखा धार्चे गाउँपालिका–४ लाप्राक घर भई हाल मनमैजु बस्ने २६ वर्षीय टेकप्रसाद गुरुङ, बैतडी डिलासैनी गाउँपालिका–३ घर भई हाल टोखा नगरपालिका–२ सपनतीर्थ बस्ने २४ वर्षीय पुरन बोहरा र गोरखा अजिरकोट गाउँपालिका–४ घर भई हाल तारकेश्वर नगरपालिका–१० मनमैजु बस्ने २० वर्षीय सन्तबहादुर भुजेल रहेका छन् ।

प्रहरी टोलीले २०८३ जेठ १९ गते तारकेश्वर नगरपालिका–९ मनमैजुस्थित राजिव महर्जनको घरपूर्व रहेको खाली जग्गामा गाडेर राखिएको अवस्थामा हात्तीको दाह्रा दुई थान फेला पारेको जनाएको छ । सोही क्रममा राजिव महर्जनको घर कोठाबाट Tramadol-50 लेखिएको लागुऔषध १५० क्याप्सुल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा थप दुई वटा हात्तीको दाह्राका टुक्रा टोखा नगरपालिका–२ सपनतीर्थ बस्ने पुरन बोहरासँग रहेको खुलेपछि उनलाई पक्राउ गरिएको थियो । सोधपुछका क्रममा बोहराले उक्त दाह्राका टुक्रा मनमैजु बस्ने सन्तबहादुर भुजेललाई दिएको बयान दिएको प्रहरीको भनाइ छ ।

त्यसपछि प्रहरीले सन्तबहादुर भुजेलको खोजतलास गर्दै तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित उनको बस्ने घर कोठामा छापा मारेको थियो । त्यहाँ झोलाभित्र प्लास्टिकको बोरामा बेरेर राखिएको अवस्थामा हात्तीको दाह्राका थप दुई टुक्रा फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राजिव महर्जन, आयुष महर्जन र टेकप्रसाद गुरुङविरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम अनुसन्धान अघि बढाइएको छ । त्यस्तै, पुरन बोहरा र सन्तबहादुर भुजेललाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं र डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *