🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कामको लोभ देखाएर भारत पुर्‍याइएका ४५३ नेपाली अलपत्र, पाँच एजेन्ट पक्राउ

रूपन्देही । काम लगाइदिने र वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा भारत पु¥याएर अलपत्र पारिएको आरोपमा पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार भारतको कुशीनगरलगायतका स्थानबाट उद्धार गरिएका ४५३ जना नेपाली नागरिकसँग गरिएको प्रारम्भिक सोधपुछ र अनुसन्धानपछि ठगीमा संलग्न देखिएको आधारमा पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार एजेन्टहरूमार्फत नेपाली नागरिकहरूलाई भारतमा बोलाई विभिन्न कम्पनीमा काम लगाइदिने तथा वैदेशिक रोजगारीमा पठाइदिने आश्वासन दिइएको थियो । तर, विभिन्न प्रलोभन देखाएर भारत पुर्‍याइएका उनीहरू अलपत्र अवस्थामा परेपछि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

अलपत्र परेका नेपाली नागरिकहरूलाई भारतस्थित नेपाली राजदूतावास, KIN India संस्था, भारतीय राजदूतावास, भारतीय प्रहरी र नेपाल प्रहरीको समन्वयमा उद्धार गरिएको हो । उद्धारपछि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रहरीले ठगी आरोपमा डोटीको शिखर नगरपालिका–११ का २३ वर्षीय सिताराम बोहरा, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१० का ३० वर्षीय अनिल बुढाथोकी, रोल्पाको मुड्केचुला गाउँपालिका–१ का २३ वर्षीय अमनलाल बुढा, डोल्पाको ठूलीभेरी नगरपालिका–५ का २१ वर्षीय दिनेश बुढा र नवलपुरको कावासोती नगरपालिका–१ का ४५ वर्षीय कमल गिरीलाई नियन्त्रणमा लिएको छ ।

उनीहरूमाथि ठगी मुद्दामा रूपन्देही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी निरीक्षक देशबन्धु केसीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूको ठगी प्रकरणमा संलग्नता देखिएको जनाएको छ । घटनाको वास्तविक स्वरूप, पीडितहरूको अवस्था, रकम लेनदेन तथा अन्य व्यक्तिको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *