🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेप्सेमा सामान्य सुधार, कारोबार रकम बढेर पाँच अर्ब ७३ करोड नाघ्यो

काठमाडौं । साताको बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.६६ अंकले वृद्धि भई २७८०.२५ विन्दुमा पुगेको छ ।

यस दिन बजारमा सामान्य सुधार देखिए पनि लगानीकर्ताको कारोबार सक्रियता भने बढेको छ । बुधबार कुल पाँच अर्ब ७३ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ । बजारमा एक करोड ३५ लाख २१ हजार ६१९ कित्ता सेयर ६२ हजार १४८ पटक कारोबार भएको हो ।

कारोबारमा आएका कम्पनीमध्ये १४९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११६ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, ६ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

यस दिन कालिन्चोक हाइड्रो, एसबीएल डिबेन्चर, विजय लघुवित्त, सयपत्री हाइड्रो र नेपाल इन्स्यारेन्सलगायत कम्पनीका लगानीकर्ताले उच्च नाफा कमाएका छन् । यी कम्पनीहरू मूल्यवृद्धिका आधारमा अगाडि देखिएका छन् ।

समूहगत सूचकतर्फ भने मिश्रित अवस्था देखिएको छ । बैंकिङ, फाइनान्स, हाइड्रोपावर, इन्भेष्टमेन्ट र अन्य समूहका सूचक रातो देखिएका छन् । बाँकी समूहका सूचक भने सकारात्मक बनेका छन् ।

बजारमा सामान्य अंकको सुधार देखिए पनि कारोबार रकम बढेकाले लगानीकर्ताको सक्रियता कायमै रहेको संकेत गरेको छ । पछिल्लो समय उतारचढावपूर्ण अवस्थामा रहेको सेयर बजारमा बुधबारको कारोबारले बजारप्रति लगानीकर्ताको चासो कमजोर नभएको देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *