🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमालेको सदस्यता नवीकरणप्रति किन भयो विकर्षण ?

संगठन परिचालनको दृष्टिकोणले एमाले मुलुकको सर्वाधिक प्रभावशाली पार्टी मानिन्छ । अधिवेशन, सम्मेलन, बैठक, भेला, क्रिया, अन्तक्र्रिया र पार्टी कमिटीको समग्र परिचालन र तरिका एमालेबाटै सबैले सिक्दैछन् । सदस्यहरूलाई अनुशासन र विधिमा बाँध्ने कुरामा एमाले उत्कृष्ट पनि छ । यद्यपि सदस्यता नवीकरण किन सदस्यको सर्वाधिक प्राथमिकतामा पर्न सकेन ? 

सर्वाेच्च अदालतको आदेश र राजनीतिक कारणले नेकपा फुटेपछि एमालेको राजनीतिक शक्ति र संगठनमा कतिपय संकट आए । यसबिच वार्षिक नवीकरणको लागि तोकिएको मिति सकिँदा पचास प्रतिशत भन्दा बढी सदस्यता नवीकरण हुन भन्ने हल्ला गर्दै विरोधीले एमालेको राजनीतिक, वैचारिक र संगठित शक्तिमाथि अनेकौं प्रश्न गर्दैछन् । जसले नेपाली राजनीतिमा विभिन्न कोणबाट बहस जन्माएको छ । सदस्यता नवीकरण सदस्यको प्रमुख प्राथमिकतामा पर्न नसक्नुका अनेक संकेत र कारण हुन सक्दछन् । 

प्राथमिकतामा नपर्नुको कारण के ? 
मानिसले कुनै पनि कुरा किन समयमा गर्छ र किन गर्दैन ? त्यो कार्य गर्न ऊ किन उत्सुक हुन्छ वा हुँदैन ? भन्ने कुरा उसको प्राथमिकताको कुरा हो । प्राथमिकतामा परेपछि मानिसले जे पनि गर्दछ, गर्न सक्दछ । कुनै दोहोरी–डिस्कोमा जाने लत भएकाको प्राथमिकता त्यसमा हुन्छ र उसले त्यो जसरी पनि पूरा गर्दछ । मंदिर–पूजामा विश्वास हुनेले ऋण गरेर पनि पूरामा खर्च गर्दछ । राजनीतिक विचार र पार्टीमा प्रतिबद्ध मान्छेले एक छाक मासु नखाएर पनि पार्टीको लेवी तिरेर नवीकरण गर्दछ । यसर्थ मानिसका प्रत्येक क्रिया प्राथमिकताद्वारा निर्देशित हुन्छ । आखिर त्यस्तो इतिहास र क्रान्ति गरेको एमालेका सदस्यमा किन नवीकरण गर्ने कुरा बढी प्राथमिकतामा पर्न सकेन ? 

व्यक्तिवादी सोच : 
वर्तमान विश्वमा विश्वव्यापीकरण, बजारीकरण, सूचना र प्रविधिमा आएका अनेक चमत्कार एवम् व्यक्तिवादी सोच आदिका कारण राजनीतिक दलहरूमा सदस्य बन्ने र नवीकरण गराउने प्रवृत्तिमा कमि आएको देखिन्छ । पार्टीमा सदस्य हुनु भनेको पार्टीको विधान, विचार, कार्यक्रम, नीति र संगठनको आचरणमा बस्नु पनि हो । बदलिँदो विश्वमा व्यक्तिवादी विचार र भावना बढेको कारण मानिसहरूमा अरुको नियन्त्रण, अनुशासन, नीति र पद्धतिमाा नबस्ने सोच, व्यवहार तथा प्रवृत्ति बढ्दै गएको देखिन्छ । 

 पार्टीमा लाग्ने, सदस्य हुने, कार्यक्रममा भाग लिने वा संगठित हुने विषयलाई मान्छेहरूले इच्छालाग्दो कुरा बनाए, बनाउँदैछन् । अर्थात आफूलाई लागे लाग्ने, हिड्ने, संगठित हुने नत्र छोड्ने, नलाग्ने र सदस्य पनि नबस्ने सोच बढ्दै गएका हुन् । यसैले पुराना र नयाँ जुनसुकै दलमा पनि मनपरी आउने–जाने, बस्ने–हिड्ने सोच–प्रवृत्ति बढेका छन् । व्यक्तिवादी सोच–प्रवृत्ति यति धेरै बढेको छ कि आज कसैले कसैलाई प्रभावमा राख्ने कुरा कमजोर हुन थालेको छ । यही कारण सदस्यता नवीकरण सदस्यको प्राथमिकतामा परेन ।

सदस्यको महत्व : 
संगठित सदस्य हुने कुरा एउटा गौरवको विषय हुन्थ्यो । राजनीतिक, वैचारिक र नैतिक दृष्टिकोणले एमालेको सदस्यलाई उच्च सम्मानका साथ लिइन्थ्यो । संघर्ष, परिवर्तन र सामाजिक आकर्षणको कारण सदस्य हुने र नवीकरण गर्ने विषयको अर्थ एवम् महŒव भएको सोचिन्थ्यो । यस बिचमा भएका राजनीतिक, सांगठानिक, वैचारिक तथा नेताका क्रियाकलापका कारण पार्टीमा सदस्य हुनु र नहुनुमा भिन्नता देखिएन । पार्टी सदस्यको अर्थ र महŒव प्रस्ट भएन । यस प्रकारका भ्रम र अन्यौलता चिर्न एमालेले गरेको ग्रासरुट अभियान जस्ता विधिलाई विशेष रुपमै पुनः निरन्तरता दिनु आवश्यक छ । परिदृष्य हेर्दा फेरि पनि एमाले नै शक्ति र सत्तामा आउने कुरा चाहिँ प्रस्ट हुँदैछ ।

मूल्यको राजनीति : 
राजनीति आदर्श र मूल्यबाट निर्देशत भयो भने मान्छेहरू पार्टीमा सदस्य हुने कुरालाई गर्वको विषय मान्दछन् । मूल्यहिन भयो भने विकर्षण बढ्न पुग्दछ । पार्टी नेतृत्वमा आदर्श व्यक्तित्व (आइडल पर्सनालिटी) देखियो भने त्यसको प्रभाव समाजमा पर्दछ । जस्तो दक्षिण अफ्रिकामा नेल्सन मण्डेला, भारतमा माहात्मा गान्धी, नेपालमा तत्कालिन समयमा विपी कोइराला, मनमोहन अधिकारी र मदन भण्डारी आदि आदर्शवान नेता र नेतृत्व थिए । एक समय प्रचण्डको पनि आकर्षण बढेको थियो । प्रचण्ड आज आदर्शका होइन घृणा  र तिरस्कारका प्रात्र भए । तुलनात्मक रुपमा एमालेका अध्यक्ष ओली नै आइडल पर्सनालिटी देखिन्छन् । यद्यपि एमालेको नवीकरण अपेक्षा गरे अनुसार भएको दखिन्न । यसको मसिनो समीक्षा हुन्ुपर्दछ । 

सजाय र पुरस्कार : 
सवारी यातायातको नवीरण किन समयमा हुन्छ ? कर–राजश्वको नवीकरण किन हुन्छ भने त्यहाँ चर्काे जरिवाना हुन्छ । प्रख्यात साहित्यिक र सामाजिक संस्थामा मानिसहरूले समयमा नवीकरण किन गर्दछन् भने त्यहाँ हुने सम्मानबाट बन्चित हुनु पर्दछ । एमालेमा सदस्य नवीकरण भए–नभए वापत दण्ड र पुरस्कार हँुदैन । सदस्य पुरानो भएको मात्र आधारमा केही पाइन्न । बदलिँदो आधुनिक राजनीतिक पार्टीमा प्रत्यक्षतः त्यो सम्भव पनि छैन । यस कारण पनि नवीकरणप्रति सदस्यको मूल प्राथमिकतामा परेन । राजनीतिक पार्टी र संगठन निश्चित विचार, सिद्धान्त, नीति, कार्यक्रम, लक्ष्य र दृष्टिकोणद्वारा गठित हुन्छन्, हुनुपर्दछ ।

पार्टीको विचार र दृष्टिकोण भएन भने राजनीतिक संगठन एउटा असनको भीड जस्तो मात्र बन्न पुग्दछ । नयाँ खुलेका भनिएका पार्टी बसपार्कका भीड जस्तो मात्र हो । भीडबाट होइन विचारबाट निर्देशन गर्न पार्टीले आफ्ना सदस्यहरूलाई राजनीतिक, वैचारिक प्रशिक्षण दिने गर्दछ । एमालेमा संगठित सदस्य हुनेहरूलाई नियमित वैचारिक, राजनीतिक प्रशिक्षण अधिक हुन्थ्यो । अहिले पनि तुलनात्मक हिसाबमा एमालेमा त्यो कार्य बढी हुने गरेको छ । अधिवेशन, सम्मेलन, बैठक आदिका माध्यमबाट विचार र सिद्धान्तका कुरा सिकाइन्छ । यसबिचमा विचार र सिद्धान्तका क्षेत्रमा विभिन्न कारणले क्षति भएको अनुभव गरिँदै आयो । सबै दल एउटै हुन भन्ने भाष्य यति धेरै प्रचारमा ल्याइयो कि एमालेको संगठित सदस्य भएर ऊ आफ्नै पार्टी र नेतृत्वको सार्वजनिक विरोधमा उत्रँदैछ । निश्चित अनुशासनमा बाध्न पनि सदस्यलाई नवीकरण गर्न प्रेरित गर्नु पर्दछ ।

सरकार र सत्ता : 
राजकीय सत्ता र शक्तिको प्रत्यक्ष प्रभाव राजनीतिक दलमा पर्नेनै हुन्छ । सत्तामा भइरहेको र निकट भविश्यमा सरकारको नेतृत्वमा पुग्ने आशमा पनि मानिसहरू सदस्यता लिने र नवीकरण गर्ने गर्दछन् । यद्यपि सरकारमा एमाले नभए पनि राज्य सत्ताका अनेकौं क्षेत्रमा एमालेको प्रभावकारी र बलियो उपस्थित छ । वकिल, प्राध्यापक, मजदुर, विद्यार्थी, कर्मचारी देखि उपभोत्ता समिति सम्म एमालेका सार्थक उपस्थिति छ । औपचारिक र अनौपचारिक संगठनमा एमालेको व्यापक नेतृत्व तथा सहभागिता छ । 

आन्तरिक–व्यवहारिक पक्ष :
आन्तरिक, प्राविधिक र व्यवहारिक कारणले पनि एमालेमा नवीकरण कम भएको देखिएको पक्कै हो । विदेश गएका, समाजवादीमा गएका, मृत्यु भएका, अर्काे दलमा गएका र सक्रिय हुनै नचाहेका समेतको लागत एमालेमा देखिएको छ ।  यस अघि संसदीय र दलीय राजनीतिको नेतृत्व लिने चाहने स्थानीय नेता आफैले धेरै व्यक्तिहरूलाई सदस्यता नवीकरण गराउने गर्दै आए । त्यो कमजोरी अहिले सच्चाइयो । नवीकरण गर्न व्यक्ति स्वयम् उपस्थित हुनैपर्ने गरियो । तत्कालीन माओवादी र एमालेको राजनीतिक–संख्यात्मक शक्तिको होडबाजीको कारण बढी सदस्य बनाउने तथा नवीकरणको संख्या बढेको थियो ।

यस्ता आन्तरिक, प्रावधिक र व्यवहारिक कारणले पनि नवीकरणको संख्यामा कमि देखियो । लोकतन्त्रमा राजनीतिक दल बलियो र जनआधारित हुनु आवश्यक छ । पछिल्लो समयमा राजनीतिक, सामाजिक र सार्वजनिक विषयप्रति युवाहरूको आकर्षण घट्दै गएको छ । युवाको मनोवल गिरेको छ । यही कारण एमालेको सदस्यता नवीकरणमा पनि धेरै उत्साहजनक नभएको हो । एमालेले आफ्ना आन्तरिक कमजोरी सच्याउने र सुधार गर्ने हो भने पुनः एमालेप्रतिको गौरवपूर्ण आकर्षण वृद्धि हुने पक्का छ । एमाले नेपाली समाजको वस्तुगत यथार्थ चाहिँ हो । एमालेबाट आश नगर्ने हो भने कसबाट के आशा गर्ने ?