🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

अस्ट्रेलियामा न्यूनतम ज्याला करिब ६ प्रतिशतले वृद्धि : २८ लाखभन्दा बढी कामदार लाभान्वित हुने

सिडनी,१९ जेठ (रासस/सिन्ह्वा) : अस्ट्रेलियामा लाखौँ कामदारको तलब वृद्धि हुने भएको छ। राष्ट्रिय न्यूनतम ज्याला निर्धारण गर्ने निकायले गरेको वार्षिक ज्याला पुनरावलोकनपछि न्यूनतम ज्यालामा करिब ६ प्रतिशतको वृद्धि गर्ने निर्णय गरिएको छ। यस अनुसार जुलाई १ देखि राष्ट्रिय न्यूनतम ज्याला प्रति घण्टा २४.९५ बाट बढेर २६.४४ अस्ट्रेलियन डलर पुग्नेछ। यस वृद्धिबाट करिब एक लाख न्यूनतम ज्याला पाउने कामदारहरू प्रत्यक्ष रूपमा प्रभावित हुनेछन्।

यसका साथै विभिन्न उद्योग, व्यवसाय र पेशाका लागि लागू हुने न्यूनतम दर अर्थात् अवार्ड ज्यालामा ४.७५ प्रतिशतको वृद्धि गरिने भएको छ। यो व्यवस्था अनुसार करिब २८ लाख अर्थात् कुल कामदारहरूको ठूलो हिस्साले तलब वृद्धिको लाभ पाउनेछन्। अवार्ड ज्याला प्रणालीले कामदारहरूको आधारभूत तलब, कार्य घण्टा र न्यूनतम काम गर्ने अवस्था निर्धारण गर्ने भएकाले यस वृद्धिले धेरै क्षेत्रका कामदारहरूको आयमा प्रभाव पार्नेछ।

सरकारले महँगी नियन्त्रण र कामदारहरूको जीवनयापन खर्च बढिरहेको अवस्थालाई ध्यानमा राख्दै न्यूनतम ज्याला वृद्धि गर्न सिफारिस गरेको थियो। हाल अस्ट्रेलियामा वार्षिक मुद्रास्फीति करिब ४.२ प्रतिशत रहेको छ भने सरकारी बजेट अनुमानअनुसार आगामी महिनाहरूमा यो करिब ५ प्रतिशतसम्म पुग्न सक्ने देखिएको छ। यस्तो अवस्थामा कामदारहरूको क्रयशक्ति जोगाउन तलब वृद्धि आवश्यक भएको भन्दै सम्बन्धित आयोगले निर्णय सार्वजनिक गरेको हो। —

Leave a Reply

Your email address will not be published. Required fields are marked *