🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एन पेनाङ एफसी दोस्रो आरटी गोल्डकपको च्याम्पियन

क्वालालम्पुर । मलेसियामा सम्पन्न दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एन पेनाङ एफसीले जितेको छ ।

आरटीएफसी मलेसियाको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा एन पेनाङ एफसीले न्यु ब्राइज क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।

उपाधिसँगै एन पेनाङ एफसीले ट्रफीसहित २२ हजार मलेसियन रिंगिट नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको न्यु ब्राइज क्लबले ११ हजार मलेसियन रिंगिटमा चित्त बुझाएको आयोजकले जनाएको छ ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका सुरेश खत्री सर्वश्रेष्ठ खेलाडी (एमभीपी) तथा सर्वाधिक गोलकर्ता घोषित भए । उनको प्रदर्शनले टोलीलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

समापन समारोहमा आयोजक आरटीएफसीका अध्यक्ष राजु तामाङले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण प्रायोजक, स्वयंसेवक, खेलाडी, समर्थक तथा सम्बन्धित पक्षप्रति आभार व्यक्त गरे । उनले आगामी दिनमा पनि नेपाली समुदायबिच खेलकुद गतिविधिलाई थप सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

मलेसियामा रहेका नेपाली समुदायबिच लोकप्रिय बन्दै गएको आरटी गोल्डकपले खेलकुदमार्फत आपसी एकता, भाइचारा र सद्भाव अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

यस वर्षको प्रतियोगितामा विभिन्न टोलीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *