स्थानीय नेतृत्व, अनुसन्धान, सामाजिक उत्तरदायित्व तथा २०८४ सालको जनप्रतिनिधि निर्माणसम्बन्धी बहसलाई अगाडि बढाउने उद्देश्यले यो सन्देश सम्प्रेषण गरिएको हो। समाजमा भइरहेका सकारात्मक गतिविधि, स्थानीय अध्ययन, नागरिक सहभागिता, सार्वजनिक उत्तरदायित्व तथा युवापुस्ताको नेतृत्व विकाससँग सम्बन्धित सूचनाहरूलाई यहाँको सञ्चार माध्यम, सूचना प्रणाली, पञ्जीकरण वा सम्बन्धित निकायको अभिलेखमा समावेश गरी सार्वजनिक हितका लागि सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ।
विशेषतः स्थानीय तहमा भइरहेका अनुसन्धान, सामाजिक अभियान, सांस्कृतिक संरक्षण, वातावरणीय पहल, सार्वजनिक बहस, नागरिक सचेतना तथा उत्तरदायी नेतृत्व निर्माणसँग सम्बन्धित सामग्रीलाई प्राथमिकताका साथ अभिलेखीकरण तथा प्रसारण गरिदिनु भएमा समाजमा सकारात्मक संवाद तथा सहभागितामूलक लोकतन्त्र सुदृढ हुने विश्वास लिएका छौँ।
यस प्रकारका सामग्रीले भविष्यका जनप्रतिनिधि, अनुसन्धानकर्ता, विद्यार्थी तथा सामाजिक अभियन्तालाई समेत मार्गदर्शन गर्ने भएकाले सम्बन्धित निकाय तथा सञ्चार क्षेत्रको सहकार्य अत्यन्त महत्वपूर्ण रहनेछ।
यहाँको निरन्तर सहयोग, अभिलेखीकरण तथा सूचना सम्प्रेषणप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
नेपाल Innovation Centre को समन्वयमा हामीले विभिन्न क्षेत्रका व्यक्तित्व, संस्था, व्यवसायी, सामाजिक अभियन्ता तथा पेशागत समूहहरूसँग संवाद गर्दै “आफ्नो स्थानको नेता आफैँ बन्ने” अवधारणालाई अगाडि बढाइरहेका छौँ।
यस सन्दर्भमा पछिल्ला पाँच दिनमा उठाइएका केही धारणा तथा सुझावहरू निम्नानुसार रहेका छन् :
१. सामाजिक सेवा र एनजीओ क्षेत्र
एनजीओ क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई प्रत्यक्ष सामाजिक सेवामा अझ प्रभावकारी रूपमा सक्रिय भई आफूले गरेका कार्यको सामाजिक मूल्यांकनसहित उत्तरदायी बन्न आग्रह गरिएको छ।
२. मानव अधिकार आयोग सम्बन्धी धारणा
मानव अधिकारको नाममा द्वन्द्व सिर्जना गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने तथा सम्बन्धित निकायहरूलाई थप जिम्मेवार र जनउत्तरदायी बनाइनुपर्ने धारणा व्यक्त गरिएको छ। आयोगको वार्षिकोत्सव कार्यक्रममा हाम्रा प्रतिनिधिहरूले यस विषयमा ध्यानाकर्षण गराएका छन्।
३. चलचित्र क्षेत्र र स्थानीय राजनीति
चलचित्रमार्फत सार्वजनिक पहिचान बनाएका समीर बलामीलाई अनामनगर क्षेत्रको वडा अध्यक्ष भई समाजसेवामार्फत विगतका कमजोरी सुधार्ने अवसर उपयोग गर्न सुझाव दिइएको छ।
४. डिजिटल भुक्तानी र उद्यम
फोन पे लगायत डिजिटल भुक्तानी कम्पनीहरूलाई अत्यधिक कमिसन नलिन तथा आफ्नो लगानीलाई मोबाइल सामग्री बिक्री–वितरणजस्ता वास्तविक उद्यम क्षेत्रमा विस्तार गर्न सुझाव दिइएको छ।
५. भक्तपुर औद्योगिक क्षेत्रको पुनःपरिकल्पना
भक्तपुर औद्योगिक क्षेत्रलाई मौसमी प्रदर्शनीमा सीमित सरकारी खर्च केन्द्रको रूपमा होइन, कर्पोरेट अफिस तथा व्यावसायिक समन्वय केन्द्रको रूपमा विकास गर्न आग्रह गरिएको छ। विभिन्न वस्तुगत संघहरू छरिएर रहेको अवस्थालाई मध्यनजर गर्दै साझा कर्पोरेट भेटघाट स्थलको आवश्यकता औँल्याइएको छ।
६. राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बन्धी विचार
राष्ट्रिय प्रजातन्त्र पार्टीले बौद्ध धर्मप्रति सकारात्मक दृष्टिकोण विकास गर्नुपर्ने सुझाव दिइएको छ। पार्टीको झण्डा र बौद्ध सांस्कृतिक प्रतीकबीच समानताको बहससमेत उठिरहेको सन्दर्भ उल्लेख गरिएको छ।
७. डिल्लीबजारलाई फर्निचर केन्द्र बनाउने प्रस्ताव
डिल्लीबजार क्षेत्रलाई व्यवस्थित फर्निचर बजार तथा “फर्निचर वडा” का रूपमा विकास गर्न फर्निचर व्यवसायी संघलाई आग्रह गरिएको छ।
८. सगरमाथा आरोहीहरूको सामाजिक भूमिका
सगरमाथा आरोहण गर्ने व्यक्तिहरूलाई केवल आरोहणमा सीमित नभई सगरमाथा क्षेत्रको स्थानीय सामाजिक नेतृत्व तथा विकासमा योगदान दिन प्रेरित गरिएको छ।
९. अर्थतन्त्र र वैदेशिक ऋण
अर्थ मन्त्रालयलाई वैदेशिक ऋणमार्फत कर्मचारीको तलब वृद्धि नगर्न तथा आत्मनिर्भर आर्थिक नीति अवलम्बन गर्न सुझाव दिइएको छ।
१०. दानमा आधारित अर्थतन्त्र
करमा आधारित वर्तमान अर्थतन्त्रसँगै दान, सहकार्य र सामुदायिक योगदानमा आधारित वैकल्पिक आर्थिक प्रणालीको आवश्यकता रहेको धारणा प्रस्तुत गरिएको छ।
११. रेखा थापासम्बन्धी सुझाव
रेखा थापालाई राष्ट्रिय राजनीतिभन्दा स्थानीय तहमा वडा अध्यक्षको रूपमा प्रत्यक्ष सेवा गर्न सुझाव दिइएको छ।
१२. प्रकाश सुवेदी(रंग पत्रकार)लाई स्थानीय नेतृत्व सुझाव
अनावश्यक टिप्पणीमार्फत इन्टरनेट सामग्री उत्पादन गर्नुको सट्टा पेप्सीकोला क्षेत्रको वडा अध्यक्ष भई प्रत्यक्ष जनसेवामा सक्रिय हुन सुझाव दिइएको छ।
१३. नेपाल टेलिकमका वरिष्ठ कर्मचारी
नेपाल टेलिकमका ५५ वर्ष नाघेका कर्मचारीहरूलाई स्वेच्छिक अवकाश लिएर स्थानीय नेतृत्व तथा वडा व्यवस्थापनमा योगदान दिन प्रेरित गरिएको छ।
अन्त्यमा
यहाँको विचारअनुसार २०८४ सालमा मेयर, गाउँपालिका अध्यक्ष तथा वडा अध्यक्षका रूपमा उपयुक्त हुन सक्ने व्यक्तिहरूको सुझाव पठाइदिन हार्दिक अनुरोध गर्दछौँ।
स्थानीय नेतृत्व, अनुसन्धान तथा सामाजिक उत्तरदायित्वलाई नयाँ दिशातर्फ अघि बढाउन यहाँको सहभागिता महत्वपूर्ण रहने विश्वास लिएका छौँ।
सादर,
Nepal Innovation Centre




