🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

क्रिप्टोकरेन्सी र अनलाइनमार्फत  १२ लाखभन्दा बढी ठगीमा संलग्न चार जना पक्राउ

चितवन प्रहरीको अपरेशन : १२ लाखभन्दा बढी ठगी आरोप, क्रिप्टो कारोबारमा समेत संलग्नता
काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार गर्ने तथा अनलाइन ‘स्क्याम’ (ठगी) मा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामाथि विद्युतीय कारोबार तथा ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

चितवन प्रहरीले शुक्रबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार, अवैध रूपमा “Crypto Currency” कारोबार गर्ने आरोपमा चितवन रत्ननगर नगरपालिका–१० आनन्दनगर बस्ने ३६ वर्षीय शिशिर गौतम पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनले मोबाइलमार्फत 1xBet मा सट्टेबाजी गर्नुका साथै Binance मार्फत क्रिप्टोकरेन्सी सञ्चय तथा कारोबार गर्दै आएको विशेष सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।

इलाका प्रहरी कार्यालय टाँडी, चितवनबाट खटिएको टोलीले २०८३ जेठ १२ गते दिउँसो करिब १ बजे रत्ननगर–९ बकुलहर चोकबाट गौतमलाई पक्राउ गरेको हो । पक्राउका क्रममा उनको साथबाट दुई थान एन्ड्रोइड मोबाइल, विभिन्न बैंकका एटीएम कार्ड तथा नगद ४ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यस्तै, अनलाइनमार्फत लगानीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा थप तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार Telegram मार्फत “कस्टमर सर्भिस एप फाइनान्स सेक्शन” भन्दै लगानी गर्न उक्साउने गिरोहले विभिन्न व्यक्तिबाट रकम असुलेको उजुरीपछि अनुसन्धान थालिएको थियो ।

प्रहरीका अनुसार “Telegram 10:8225086535” तथा Username “@NPE Travelocity 102” प्रयोग गरी विभिन्न बैंक खाताका QR पठाएर पटक–पटक रकम जम्मा गर्न लगाइएको थियो । यसरी पीडितबाट कुल १२ लाख १२ हजार ७ सय ५१ रुपैयाँ ठगी गरिएको दाबी गरिएको छ ।

यस प्रकरणमा पक्राउ पर्नेहरूमा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) प्रतापपुर गाउँपालिका–४ का २६ वर्षीय रोशन मुसलमान, सोही ठाउँका २४ वर्षीय रुस्तम अन्सारी तथा पाल्हीनन्दन गाउँपालिका–३ का २७ वर्षीय आजाम अली अन्सारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) सँगको समन्वयमा इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले उनीहरूलाई जेठ १२ गते पक्राउ गरेको हो । पक्राउ परेका चारै जनामाथि संगठित रूपमा साइबर अपराध तथा आर्थिक ठगीमा संलग्न रहेको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *