🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काठमाडौंमा सुरु भयो छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव

काठमाडौँ, १८ जेठ । छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव मिति २०८३ जेठ १७ गते आइतबारदेखि सुरु भएको छ ।

चाबहिलस्थित चलचित्र विकास बोर्डमा सुरु भएको तीनदिने महोत्सवमा आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, परम्परा, इतिहास तथा सांस्कृतिक पहिचान झल्काउने कथानक र लघु चलचित्र, वृत्तचित्र तथा ‘एआई जेनेरेटेड’ वृत्तचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

महोत्सवका निर्देशक सागर केरुङले आदिवासी जनजातिभित्रका विभिन्न समुदायका मौलिक कथा र जीवनशैलीलाई समेटिएका चलचित्रहरू प्रदर्शन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवले आदिवासी जनजाति समुदायको कला, संस्कार र पहिचानलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।

आदिवासी जनजाति चलचित्र महासङ्घका कार्यवाहक अध्यक्ष भुइसल लामाले आफ्नो समुदायका भाषा, संस्कृति र इतिहासलाई संरक्षण तथा प्रवर्द्धन गर्न महोत्सव महत्त्वपूर्ण माध्यम बनेको बताउनुभयो ।

महोत्सवमा ‘पीत’, ‘स्वयम्भू’, ‘डोल्प्पो राम्रानी’, ‘ह्याङ तानाछ’ र ‘दिलसरा’लगायतका चलचित्र प्रदर्शन गरिनेछन ्। साथै उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, स्क्रिप्ट तथा वृत्तचित्रलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

महोत्सवको उद्घाटन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यस प्रकारका महोत्सवले मौलिक सस्कृतिको उजागर र पहिचान प्रवर्द्धनमा टेवा पुग्ने धारणा राख्नुभयो ।—

Leave a Reply

Your email address will not be published. Required fields are marked *