🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गण्डकी यू-१९ महिला क्रिकेट : कास्की र स्याङ्जा विजयी

कास्की, १७ जेठ : पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा गण्डकी प्रदेशस्तरीय १९ वर्षमुनिको महिला क्रिकेट प्रतियोगिता जारी छ । गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा यही जेठ १४ गतेदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत आजका खेलमा कास्की र स्याङ्जाले जित निकालेका छन् ।

पहिलो खेलमा कास्कीले नवलपुरलाई ८८ रनले पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ रोजेको कास्कीले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ११९ रन बनाएको थियो । विपाशना मैनालीले २८ र विनिता सिग्देलले १७ रन बनाइन् भने अतिरिक्तबाट मात्रै ४५ रन प्राप्त भयो ।

जितका लागि १२० रनको लक्ष्य पछ्याएको नवलपुर १४ ओभरको चौथो बलमा ३१ रनमा अलआउट भयो । आयुष्मा चापागाईंले सर्वाधिक सात रन बनाउँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

कास्कीका लागि सुशीला डिम्डुङले उत्कृष्ट बलिङ गर्दै तीन ओभरमा पाँच रन खर्चेर पाँच विकेट लिइन् । वर्षा पौडेल, यशोदा भुजेल, सोनिमा थापा मगर, रोजी परियार र रचना चौधरीले समान एक-एक विकेट लिए । सुशिला ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

यसैगरी, आजको दोस्रो खेलमा स्याङ्जाले पर्वतलाई ११० रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको स्याङ्जाले २० ओभरमा आठ विकेट गुमाएर १३० रन बनायो । सेरिना थापाले २७ रन, अरमिना अधिकारीले १९ रन, सलिना सेनले १७ रन तथा कुसुम गोदारले १७ रनको योगदान दिइन् ।

जितका लागि १३१ रनको लक्ष्य पछ्याएको पर्वत आठ ओभरमा २० रनमा समेटियो । दीपिका सापकोटाले सात रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । स्याङ्जाका लागि निरु जिटीले पाँच विकेट लिइन् । स्याङ्जा र कास्की दुवै टोली अङ्क तालिकामा पहिलो र दोस्रो स्थानमा छन् ।

स्याङ्जा छ अङ्कका साथ पहिलो स्थानमा रहँदा कास्की पाँच अङ्कका साथ स्याङ्जालाई पछ्याइरहेको छ । सोमबार कास्की र स्याङ्जाबीच हुने अन्तिम लिग खेलले च्याम्पियन टोलीको टुङ्गो लाग्नेछ । प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, स्याङ्जा, बागलुङ, पर्वत र नवलपुर गरी पाँच जिल्लाका महिला यु-१९ टोलीको सहभागिता छ । विजेता खेलाडीबाट प्रदेशस्तरीय टोली छनोट गरिने आयोजकले जनाएको छ । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *