🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित

कोलम्बो, १६ जेठ (रासस/एएफपी) : एक ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मे ३० तारिख शनिबार श्रीलङ्काको एक बरिष्ठ बौद्ध भिक्षुलाई उहाँको जिम्मेवारीबाट निलम्बन गरिएको छ ।

एक दुर्लभ अनुशासनात्मक कदममा ७१ वर्षीय पल्लेगामा हेमरथनालाई ज्ञानको खोजीमा रहँदा बुद्धलाई आश्रय दिएको विश्वास गरिएको पवित्र पीपल (फिकस) को प्रमुख संरक्षकको रूपमा उहाँको जिम्मेवारीबाट हटाइएको हो ।

“माल्वाटे शाखाका भिक्षुहरूको परिषद्ले आज भेन हेमरथनालाई उहाँविरुद्ध कानुनी कारबाही पूरा नभएसम्म निलम्बन गर्ने निर्णय गरेको छ,” शीर्ष भिक्षुद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

कोलम्बोबाट २०० किलोमिटर उत्तरमा रहेको अनुराधापुरास्थित जय श्री महाबोधि मन्दिरमा सन् २०२२ मा ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा हेमरथनालाई प्रहरीले ९ मेमा पक्राउ गरेको थियो। उहाँलार्ई सुनुवाईमा उपस्थित हुने सर्तमा अदालतले धरौटीमा रिहा गरेको थियो भने उहाँलाई विदेश जान रोक लगाएको थियो ।

दैनिक हजारौं मानिसहरूले पूजा तथा अर्चना गर्ने जय श्री महाबोधि मन्दिर नजिकै रहेको पीपलले बुद्धलाई ज्ञानको खोजीमा हिँडेका समय बुद्धत्व प्राप्त गरेको पीपलसँग सम्बन्धित भएको मानिन्छ ।

श्रीलङ्काले बुद्धको जन्म, ज्ञान र निधनको स्मृति दिवस मनाएकै दिन हेमरथनाको निलम्बन भएको हो ।

श्रीलङ्कामा बुद्ध भिक्षुहरूमाथि बालबालिकामाथि दुर्व्यवहार गरेका कैयौँ घटना भएका छन्, तर यस्तो अपराधको आरोप लगाइएका हेमरथना सबैभन्दा वरिष्ठ भिक्षु हुनुहुन्छ । –––

Leave a Reply

Your email address will not be published. Required fields are marked *