🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अमेरिका–इरान वार्तामा नयाँ मोड : युद्धविराम सम्झौताका विवरण ‘गलत’ भएको इरानको दाबी

तेहरान, १५ जेठ (रासस/एएफपी) : इरानको अर्धसरकारी समाचार संस्था, तस्निम न्यूज एजेन्सीले स्रोतलाई उद्धृत गर्दै अमेरिका र इरानबीचको सम्भावित समझदारीको पाठलाई हालैका दिनमा परिवर्तन गरिएको र अझै अन्तिम नभएको जनाएको छ।

अज्ञात स्रोतले सम्भावित सम्झौताको बारेमा मिडिया रिपोर्टलाई खण्डन गर्दै भनेको छ केही विवरणहरू ‘गलत’ छन् ।

यसअघि अमेरिकी स्रोतले एएफपीलाई बताएअनुसार अमेरिका र इरान दुई देशबीचको युद्धविरामलाई ६० दिनका लागि लम्ब्याउने र स्थायी रूपमा युद्ध अन्त्यका लागि वार्ता सुरु गर्न प्रारम्भिक रूपरेखामा पुगेका छन् ।

अमेरिकी समाचार साइट एक्सियोसले यसअघि सम्भावित अमेरिका–इरान सम्झौताले स्ट्रेट अफ हर्मुजमा व्यावसायिक यातायात ढुवानी ‘अप्रतिबन्धित’ हुने र अमेरिकाले इरानी बन्दरगाहहरूमा आफ्नो नौसैनिक नाकाबन्दी हटाउनेछ भनेर उल्लेख गरेको थियो। –––

Leave a Reply

Your email address will not be published. Required fields are marked *