🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बन्दीपुरको चुड्का नृत्य अन्तर्राष्ट्रिय डकुमेन्ट्रीमा समेटिने

दमौली (तनहुँ), १५ जेठ : नेपाल पर्यटन बोर्ड र बन्दीपुर गाउँपालिकाको समन्वयमा नेपाल पर्यटन प्रवर्द्धनसम्बन्धी वृत्तचित्र (डकुमेन्ट्री) निर्माण गर्ने क्रममा बन्दीपुरको मौलिक सांस्कृतिक पहिचान बोकेको चुड्का नृत्यलाई समेटिने निर्णया भएको छ ।

डकुमेन्ट्रीको करिब एक मिनेट अवधिसम्म बन्दीपुरको परम्परागत चुड्का नृत्य प्रस्तुत गरिने जनाइएको हो । यसका लागि हाल बन्दीपुरमा छायाङ्कन कार्य सञ्चालन भइरहेको छ । विशेषगरी वृत्तचित्र छायाङ्कनका क्रममा भारतकी चर्चित नृत्याङ्गना तथा कोरियोग्राफर शक्ति मोक्तानसँग बन्दिपुरको चुड्का नृत्य समूहको सहकार्य भएको छ ।

स्थानीय कला र अन्तरराष्ट्रियस्तरका कलाकारबीचको यो सहकार्यलाई बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । बन्दीपुरको कला, संस्कृति र मौलिक परम्परालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा थप परिचित गराउन सकारात्मक भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

विशेषगरी सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत विश्वभर दर्शकमाझ पुग्ने यस्ता सामग्रीले बन्दीपुरलाई सांस्कृतिक तथा ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष थापाको भनाइ छ ।

नेपालमा पछिल्ला वर्षहरूमा ग्रामीण तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर विभिन्न अभियान सञ्चालन भइरहेका छन् । सोही सन्दर्भमा बन्दीपुरलाई नेपालको मौलिक संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्यको प्रतिनिधि गन्तव्यका रूपमा अघि सार्ने प्रयास भइरहेको जनाइएको छ । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *