काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुक अब बृहत् आर्थिक सुधारको निर्णायक मोडमा प्रवेश गरेको बताएका छन् ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको दाबी गरे ।
उनले अधिकांश समष्टिगत आर्थिक परिसूचकहरू सुधारोन्मुख अवस्थामा रहेको उल्लेख गर्दै वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको जानकारी दिए ।
बजेट प्रस्तुत गर्ने क्रममा उनले भने, “मुलुक अहिले बृहत् आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ । राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको छ ।”
अर्थमन्त्री वाग्लेले सुधारोन्मुख आर्थिक परिसूचक, पर्याप्त तरलता र नीतिगत स्थायित्वका आधारमा आगामी वर्षको बजेट आर्थिक रूपान्तरणतर्फ केन्द्रित हुने संकेतसमेत गरे ।




