🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

देश बचाउनेहरूलाई कसले बचाउने ? सुरक्षाकर्मीको मौन त्याग अब कति ?

सम्मानीय प्रधानमन्त्रीज्यू, प्रधानसेनापतिज्यू,

गणतन्त्र दिवस २०८३ को मूल समारोहमा देशको सम्मानका लागि कडा घाममा घण्टौँसम्म अडिग उभिएका एक जवान बेहोस भए। उहाँ अहिले उपचार र चेकजाँचमा हुनुहुन्छ। तर यो घटना केवल एक जवानको बेहोस हुनु मात्र होइन, यो राष्ट्रको सुरक्षाका लागि आफ्नो शरीर, पसिना र स्वास्थ्यसमेत अर्पण गर्ने हजारौँ सुरक्षाकर्मीको मौन पीडा हो ।

राष्ट्रपति, प्रधानमन्त्री र उच्च पदमा बसेका सम्माननीय व्यक्तिहरूले त्यो तातो घाममा एक जवान ढलेको दृश्य अवश्य देख्नुभयो होला। तर त्यो जवान केवल एउटा व्यक्ति थिएनन्, त्यो त राष्ट्रको कर्तव्यप्रति समर्पित एउटा सपना थियो, एउटा परिवारको भरोसा थियो, देशको सुरक्षामा उभिएको एउटा निःशब्द त्याग थियो।

जनताले ताली बजाउँदा जवानहरूले पसिना बगाउँछन्, देश उत्सव मनाउँदा जवानहरूले आफ्नो स्वास्थ्य बिर्सिन्छन्, र जब जवान ढल्छ, तब राष्ट्रले एकछिन भए पनि सोच्नुपर्छ—देश बचाउनेहरूलाई आखिर कसले बचाउने ?

गणतन्त्र केवल भाषणले बलियो हुँदैन, त्यो त घाममा जल्ने, चिसोमा काँप्ने र सीमामा निःशब्द उभिने जवानहरूको त्यागले बलियो हुन्छ । आज त्यहाँ बेहोस भएको जवानप्रति सम्मान मात्रै होइन, सम्पूर्ण सुरक्षाकर्मीको पीडा र समर्पणप्रति राज्यले उत्तर दिनुपर्ने दिन पनि हो । –

– Dil Magar

Leave a Reply

Your email address will not be published. Required fields are marked *