🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सशस्त्रमा एक सय पचहत्तर कर्मचारीको दरबन्दी थपपछि उत्साह

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बढुवामा देखिएको समस्या हल गर्न केही हदसम्म सफल भएका छन् । एक वर्ष लामो प्रयासपछि सशस्त्रमा एक सय पचहत्तर कर्मचारीको दरबन्दी थप भएको जानकारी हुन आएकाे छ । यसले केही हदसम्म भएपनि सशस्त्र प्रहरी बलमा देखिएको बढुवा जामको समस्या समाधान हुने विश्वास गरिएकाे छ ।

स‌ंगठनकाे प्रयास र सरकारकाे सही निर्णयले  दरबन्दी थप भएपछि  सशस्त्र प्रहरीका कर्मचारीमा उत्साह थपिएको छ । दरबन्दी थप भएपछि अब सशस्त्र प्रहरी बलमा एकैपटक ६ हजार ६ सय ४६ कर्मचारीको बढुवा हुने भएको छ ।

दरबन्दी थप भएसँगै सशस्त्र प्रहरीमा बढुवाको प्रक्रिया सुरु भइसकेको स्राेत बताउछ । एसएसपी तहसम्मको बढुवाका लागि गत साता नै सूचना प्रकाशन भइसकेको छ । जसअनुसार बढुवाको दौडधुप सुरु भइसकेको छ ।

  सशस्त्रमा एसएसपीमा १४, एसपीमा ५८ तथा ९६ जना डिएसपीमा बढुवा हुँदैछन् । त्यस्तै, ६२ जना इन्स्पेक्टरमा, ६० जना वरिष्ठ सइ, एक सय ३१ ज्ना सई, ३३ जना असइ, ६६ जना बरिष्ठ हवल्दार, एक हजार नौ सय ९२ हवल्दार र तीन हजार नौ सय ३४ जना सहायक हवल्दारमा बढुवा हुनेछन् । एसएसपी बढुवामा गंगाराम श्रेष्ठ, राजेश उप्रेती, विकास घिमिरे, भरत खनियाँ, धुव्र कार्की, जनक पुरी, रमेश पाण्डे, नेत्र कार्की, तिर्थ पौडेल लगायत एसपी छन् ।

त्यस्तै, सि‍ सं नम्बर ३ का सबै एसपीमा बढुवा हुनेछन् भने सिसं नम्बर ७ र ८ का डिएसपीमा बढुवा हुने भएका छन् । यो बढुवासँगै सशस्त्र प्रहरी बलमा १६ वर्षसम्म एउटै पदमा रहनुपर्ने बाध्यता अब क्रमशः घट्दै जाने विश्वास गरिएकाे छ ।