🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कतारका नेपाली श्रमिकलाई ‘आफ्नो सुरक्षा आफैँ’ सन्देश कसले दियाे ?

दोहा, कतार । कतारमा कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै नेपाली राजदूतावास, दोहाले श्रमिक सचेतना कार्यक्रम २०८३ जेठ १ गते सम्पन्न गरेको छ । Building and Wood Workers’ International (BWI) को सहयोग तथा समन्वयमा राजदूतावासको सभाहलमा आयोजित कार्यक्रममा एक सयभन्दा बढी नेपाली श्रमिकहरूको सहभागिता रहेको थियो ।

नेपालको राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा श्रमिकहरूको स्वास्थ्य, कार्यस्थल सुरक्षा, श्रम स्वीकृति, सामाजिक सुरक्षा, वित्तीय साक्षरता र मानसिक स्वास्थ्यका विषयमा विज्ञहरूले जानकारीमूलक प्रस्तुति दिएका थिए । सहभागी श्रमिकहरूले पनि आफ्ना जिज्ञासा राख्दै सक्रिय सहभागिता जनाएका थिए ।

कार्यक्रममा निशा पराजुलीले “Heat Stress Management” विषयमा प्रस्तुति दिँदै कतारको अत्यधिक गर्मीमा काम गर्दा हुनसक्ने स्वास्थ्य समस्या र त्यसबाट जोगिने उपायबारे जानकारी गराउनुभयो । उहाँले पर्याप्त पानी पिउने, विश्राम लिने, शरीरमा देखिने असामान्य लक्षणलाई बेवास्ता नगर्ने र समयमै स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाली राजदूतावास, दोहाका श्रम सहचारी प्रेम प्रसाद पोखरेलले श्रम स्वीकृति, श्रम कानून, सामाजिक सुरक्षा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूले ध्यान दिनुपर्ने कानुनी र व्यवहारिक पक्षबारे जानकारी गराउनुभयो ।

त्यसैगरी बिमल सुवेदीले “Occupational Health and Safety” विषयमा प्रस्तुति दिँदै कार्यस्थलमा सुरक्षा उपकरणको प्रयोग, सावधानी र दुर्घटनाबाट बच्ने उपायबारे प्रकाश पार्नुभयो । उहाँले ‘आफ्नो सुरक्षा आफैँ’ भन्ने सन्देशलाई व्यवहारमा उतार्न श्रमिकहरूलाई आग्रह गर्नुभयो ।

बैंकिङ साक्षरतासम्बन्धी सत्रमा मनोज भण्डारीले कमाइको सही व्यवस्थापन, बचत, सुरक्षित बैंकिङ अभ्यास र औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउनुपर्ने विषयमा जोड दिनुभयो । योग साधिका श्रद्धा कटुवालले मानसिक स्वास्थ्यका लागि योग र ध्यानको महत्वबारे चर्चा गर्दै सहभागीहरूलाई योग अभ्याससमेत गराउनुभएको थियो ।

कार्यक्रमको समापन गर्दै कार्यवाहक राजदूत कुमार राईले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि स्वास्थ्य, सुरक्षा र सचेतना अत्यन्त महत्वपूर्ण विषय भएको बताउनुभयो । यस्ता कार्यक्रमले श्रमिकहरूमा व्यवहारिक ज्ञान, आत्मविश्वास र सचेतना अभिवृद्धि गर्ने उहाँको भनाइ थियो ।

कार्यक्रम नेपाली राजदूतावास, दोहाकी द्वितीय सचिव स्मारिका सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *