🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
Viagem Nepal , 30 anos de gratidão. CAsa Nepalesa. Chef Tanka Sapkota

पोर्चुगलमा नेपाली खाना प्रवर्दन गर्दै सेफ टङ्क सापकोटा, परोपकारी कामका लागि अलग्गै योजना

लिस्बन । यो वर्ष टङ्क सापकोटा पोर्चुगल आएको ३० वर्ष पूरा हुँदैछ । तीन दशकको यात्राको सम्झना गर्दै सापकोटाले लिस्बनस्थित कासा नेपालेसा रेस्टुरेन्टमा आफ्नो मातृभूमिको संस्कृति र खानपान प्रवद्र्धनसँगै परोपकारी अभियान पनि सुरु गरेका छन् ।

आउँदो १२ महिनासम्म, हरेक महिनाको पहिलो बुधवार कासा नेपालेसामा नेपालको हिमाल, पहाडदेखि तराईसम्मका पाक परम्पराहरू झल्काउने मेनु प्रस्तुत गरिनेछ । साथै परम्परागत नृत्य र सङ्गीत पनि प्रस्तुत गरिने छन् ।

सामाजिक उत्तरदायित्वका लागि परिचित सेफ सापकोटाले प्रत्येक साता निश्चित सिटबाट प्राप्त हुने आम्दानी अनाथ बालबालिकाको लागि काम गरिरहेका एसओएस चिल्ड्रेन्स भिलेजेज पोर्चुगल र एसओएस चिल्ड्रेन्स भिलेजेज नेपाललाई प्रदान गर्ने घोषणा गरेका छन् ।

‘यो वर्ष म पोर्चुगल आएको ३० वर्ष पूरा हुँदैछ । यहाँ मैंले आफ्नो परिवार बनाएँ र रेस्टुरेन्टभन्दा बाहिर पनि विभिन्न परियोजनाहरू कार्यान्वयन गरेँ। आफ्नो पेसागत सीप वृद्धिका साथै व्यवसाय र समुदायलाई सक्दो सेवा गर्ने प्रयास गरेँ,’ सापकोटाले भने। पोर्चुगाली जनताले नेपाल र नेपालीप्रति दर्साएको माया र जन्मभूमिको सानो भएपनि सेवा गर्न मैले यो अभियान सुरु गरेको हुँ,’ उनले थपे।

Viagem Nepal , 30 anos de gratidão. CAsa Nepalesa. Chef Tanka Sapkota

पोर्चुगलमा चारवटा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका सापकोटाको ‘फोर्नो दि ओरो’ नामक रेस्टुरेन्ट युरोपका ५० उत्कृष्ट पिजेरियामध्ये १२औँ स्थानमा परेको थियो । लिस्बनस्थित उनको रेस्टुरेन्ट ‘कासा नेपालेसा’ मा गत बुधवारदेखि सुरु भएको अभियानले नेपाली मौलिक स्वाद र सांस्कृतिक वैभवमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्ने पनि लक्ष लिएको छ।

६ मे २०२६ बाट सुरु भएर मे ५, २०२७ सम्म चल्ने यो शृङ्खलामा प्रत्येक महिनाको पहिलो बुधवार विशेष रात्रि भोज आयोजना गरिनेछ, जसको शुल्क ६० युरो प्रतिव्यक्ति तोकिएको छ ।

यो मेरो लागि एक विशेष पहल हो, जसलाई मैले ठूलो स्नेहका साथ अङ्गालेको छु,’ सापकोटाले भने । ‘हामी हाम्रा ग्राहकहरूलाई नेपालको हिमालदेखि  तराईसम्मका परम्परागत क्षेत्रीय परिकारहरू पस्कने छौँ ।’

एसओएस चिल्ड्रेन्स भिलेज पोर्चुगलकी महानिर्देशक गुइडा मेन्डेस बर्नार्डोले यो अभियानलाई संस्कृति र सामाजिक जिम्मेवारीको प्रेरणादायी सङ्गम भनिन्। त्यस्तै एसओएस चिल्ड्रेन्स भिलेजेज नेपालका राष्ट्रिय निर्देशक गङ्गाबहादुर गुरुङले पोर्चुगलमा बसेर कमाएको सीप, सम्मान र श्रोत नेपालका बालबालिकाको हितमा परिचालन गर्ने सेफ सापकोटाको पहलको प्रशंसा गरे।

गत बुधवार नेपालबाट आएका ६ जना कलाकारहरूले रोचक सङ्गीत र नृत्य प्रस्तुत गरेका थिएभने स्टार्टरदेखि डेजर्टसम्मका परिकारहरू परम्परागत रेसिपीमा आधारित थिए। सेफ सापकोटाको गृह गाउँ बागलुङको दामेकबाट ल्याइएको सिन्की र नेपालबाट ल्याइएका अन्य सामग्रीहरूलाई पोर्चुगाली उत्पादनसँग संयोजन गरिएको थियो ।

कार्यक्रममा नेपालका तस्बिरहरू प्रदर्शन गरिएको थियो भने तीन चरणको रात्रि भोजको बीचमा प्रत्यक्ष पर्फर्मेन्सहरु गरिएका थिए। च्यारिटी डिनरमा लिस्बन महानगरका पूर्वमेयर समेत रहेका पोर्चुगलका पूर्वअर्थमन्त्री फर्नान्डो मेदिना, पोर्चुगलका लागि नेपालका राजदूत प्रकाशमणि पौडेललगायत विशिष्ट पाहुनाहरूको उपस्थिति थियो।

राजदूत पौडेलले टङ्क सापकोटाले आफ्नो क्षेत्रमा नाम कमाउनुका साथै नेपालीको छवि उच्च राख्न पनि योगदान पुराएको बताए । ‘पोर्चुगलमा बसेर नेपाली खाना, संस्कृति र सम्पदाको प्रवद्र्धन गर्दै आएका सापकोटाले सुरु गरेको वर्ष दिन चल्ने परोपकारी अभियान निकै प्रशंसनीय छ। यसले पोर्चुगल र अन्यत्र बस्ने नेपाली उद्यमीहरूलाई पनि नेपालको सक्दो सेवा गर्न प्रेरित गर्नेछ भन्ने हाम्रो विश्वास छ,’ राजदूत पौडेलले भने ।

सेफ सापकोटा जर्मनी र इटालीमा काम गरेर सन् १९९६ मा पोर्चुगल आएका थिए। अन्तरराष्ट्रिय रूपमा सम्मानित उनले सन् २०१९ मा एक प्रतिष्ठित उपाधि प्राप्त गरेका थिए। पोर्चुगलमा यो सम्मान पाउने उनी एक मात्र नेपाली हुन्। पाककला उपलब्धिका साथै उनले धेरै सामाजिक परियोजनाहरू सञ्चालन गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *