🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बिपी राजमार्गमा बाढीमा फसेका ८९ यात्रुको उद्धार गर्ने सशस्त्र प्रहरी सम्मानित

काभ्रेपलाञ्चोक, २४ वैशाख : मिति २०८३ वैशाख २१ गते सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण बिपी राजमार्गमा रातको समयमा फसेका यात्रुलाई उद्धार गर्ने सशस्त्र प्रहरी टोलीलाई आज एक कार्यक्रमकाबीच सम्मान गरिएको छ ।

बिपी राजमार्गअन्तर्गत रोशी-७ लास्कोट र घुमाउने खोलाबीच पाँच माइक्रोबसमा फसेका ८९ यात्रुको जोखिम मोलेर उद्धार गर्ने सशस्त्र प्रहरीलाई सशस्त्र प्रहरी बल, नेपाल नं १५ गण हेडक्वाटर काभ्रेपलाञ्चोकको २४औँ वार्षिकोत्सवका अवसरमा नगदसहित आज सम्मान गरिएको हो ।

सम्मानित हुनेमा सहायक निरीक्षक भरत न्यौपाने, हवल्दारद्वय श्रीकृष्ण कार्की र बुद्धि खड्का, सहायक हवल्दारद्वय किरण कुँवर र अशोकजंग दनुवार हुनुहुन्छ । उहाँहरूले उद्धार कार्यमा देखाएको साहस, व्यावसायिकता र उत्कृष्ट कार्यसम्पादनका लागि सम्मान गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं १५ गण हेडक्वाटरले जनाएको छ ।

उक्त कार्य सशस्त्र प्रहरी बल, नेपाल नं १५ गणपति प्रहरी उपरीक्षक माधव रेग्मीको नेतृत्वमा गरिएको थियो । त्यस्तै, कार्यक्रममा पाँचखाल चौकी इन्चार्ज प्रहरी निरीक्षक प्रशान्त तामाङ र इलाका प्रहरी कार्यालय देवीटारका इन्चार्ज इन्द्रबहादुर राउतलाई पनि सम्मानित गरिएको छ । उहाँहरूलाई प्राकृतिक विपद्का बेला उद्धार कार्यमा समन्वयात्मक भूमिका खेलेवापत सम्मान गरिएको जनाइएको छ ।

कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले सशस्त्र प्रहरी सङ्गठनको भूमिका, विपद् व्यवस्थापन र नागरिक सुरक्षामा योगदानबारे चर्चा गर्दै अनुशासन र जनसेवामा थप सक्रिय हुनुपर्ने बताउनुभयो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै थप सक्रियताको अपेक्षा गरिएको बताउनुभयो । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *