🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आइतबारको बिदा कटौती अभिभावकको माग

पर्सा । पर्साको शैक्षिक क्षेत्रमा आइतबार दिइने बिदा कटौतीको माग गर्दै अभिभावक संघ पर्साले जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन शाखामार्फत ज्ञापनपत्र बुझाएको छ ।

संघले लगातार दुई दिन बिदा हुँदा विद्यार्थीहरूको पढाइमा प्रत्यक्ष असर परिरहेको र पाठ्यक्रम समयमै पूरा गर्न कठिनाइ भइरहेको जनाएको छ । ज्ञापनपत्रमा उल्लेख भएअनुसार, अतिरिक्त बिदाका कारण शैक्षिक अनुशासन कमजोर बन्दै गएको छ ।

साथै, धेरै बालबालिका आइतबार बिदाका कारण मोबाइल, टिभी तथा सामाजिक सञ्जालमा बढी समय बिताउन थालेका छन्, जसले अध्ययनप्रतिको रुचि घटाउँदै लगेको अभिभावकहरूको गुनासो रहेको छ ।

संघले शिक्षा नियमावलीअनुसार विद्यालय न्यूनतम २२० दिन सञ्चालन हुनुपर्ने व्यवस्थालाई उद्धृत गर्दै अतिरिक्त बिदाले शैक्षिक गुणस्तरमा असर परेको दाबी गरेको छ ।
ज्ञापनपत्र बुझाउने क्रममा संघका अध्यक्ष सन्दिप रनियारको नेतृत्वमा कोषाध्यक्ष कन्हैया पटेल, अरविन्द वर्णमाला, रविन्द्र गुप्ता, नरेन्द्र तिवारी, सुबोध यादव, हरेन्द्र तिवारी, धिरेन्द्र तिवारी लगायतको सहभागिता रहेको थियो ।

अभिभावक संघले शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउन, विद्यार्थीहरूको नियमित पठनपाठन सुनिश्चित गर्न तथा उनीहरूलाई भविष्यप्रति जिम्मेवार बनाउन आइतबारको बिदा पुनर्विचार गरी कटौती गर्न सरकारसँग माग गरेको जनाएको छ।


स्रोत: Nepal News Bank

Leave a Reply

Your email address will not be published. Required fields are marked *