🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

छोटी भन्सार बन्द गर्ने निर्णयविरुद्ध आन्दोलन, हुलाकी मार्ग अवरुद्ध !

सिरहा । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय खारेज गर्ने नेपाल सरकारको निर्णयविरुद्ध स्थानीयवासी तथा व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण हुलाकी मार्ग अवरुद्ध हुँदा बिहानदेखि सवारी आवागमन प्रभावित बनेको छ ।

नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयले सीमावर्ती क्षेत्रको व्यापार तथा स्थानीय अर्थतन्त्रमा नकारात्मक असर पर्ने भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

आन्दोलनकारीहरूले बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी चोकमा सडकको बीचभागमा बेन्च राखेर बिहान करिब ८ः३० बजेदेखि हुलाकी मार्ग अवरुद्ध गरेका छन् ।

सडक अवरुद्ध भएपछि पूर्व–पश्चिमतर्फ चल्ने सवारी साधन लामो समयसम्म रोकिएका थिए ।प्रदर्शनकारीहरूले बरियारपट्टी छोटी भन्सार कार्यालय पुनः सञ्चालन गर्नुपर्ने माग राख्दै सरकारको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

स्थानीय व्यापारीहरूका अनुसार भन्सार कार्यालय बन्द हुँदा व्यापार, राजस्व संकलन तथा दैनिक आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्नेछ ।

यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रमेशबहादुर पालले आन्दोलनकारीसँग छलफल तथा समन्वय भइरहेको जानकारी दिएका छन् । अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको उनले बताए । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठक समेत घटनास्थलमा पुगेका छन् ।

-राहुल राय ,सिरहा


स्रोत: Nepal News Bank

Leave a Reply

Your email address will not be published. Required fields are marked *