🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनाद्वारा थोराङ्ला पास क्षेत्रमा हिमपातमा फसेका दुई पर्यटकको उद्धार

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ अन्तर्गत पर्ने थोराङ्ला पास र मुक्तिनाथ क्षेत्रमा भारी हिमपातमा फसेका दुई जना पर्यटकलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ ।

नेपाली सेनाका अनुसार २०८३ वैशाख २३ गते राति हिमपातका कारण अलपत्र परेका पर्यटकहरूको उद्धार नेपाली सेना इन्द्रबक्स गणको टोलीले गरेको हो । प्रतिकूल मौसम र अत्यधिक चिसोका बीच सेनाको टोली तत्काल उद्धार कार्यमा खटिएको थियो ।

सेनाले दिएको जानकारी अनुसार पर्यटकहरू हिमपातका कारण बाटो अवरुद्ध भएपछि जोखिमपूर्ण अवस्थामा फसेका थिए । घटनाबारे सूचना प्राप्त हुनासाथ सेनाको टोली परिचालन गरिएको र खोज तथा उद्धार अभियान सञ्चालन गरी उनीहरूलाई सुरक्षित स्थानमा ल्याइएको जनाएको छ ।

उच्च हिमाली क्षेत्रमा पछिल्ला दिनहरूमा मौसम प्रतिकूल बन्दै गएको तथा हिमपात बढेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन पनि सेनाले आग्रह गरेको छ ।

थोराङ्ला पास क्षेत्र विश्वप्रसिद्ध पदमार्गमध्ये एक मानिन्छ । समुद्री सतहबाट अत्यधिक उचाइमा पर्ने यस क्षेत्रमा मौसम अचानक परिवर्तन हुने भएकाले पर्यटकहरू बेला–बेलामा जोखिममा पर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *