🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दलगत कर्मचारी संगठनहरू बालेन सरकारद्वार खारेज, ट्रेड युनियन राजनीतिमा धक्का !

काठमाडौं । बालेन्द्र शाह  सरकारले राष्ट्रियस्तरका निजामती कर्मचारी संगठन र स्वास्थ्य सेवासम्बद्ध ट्रेड युनियनहरू खारेज गरेको छ ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले २०८३ वैशाख २३ गतेको निर्णयअनुसार लामो समयदेखि सक्रिय आठ राष्ट्रिय निजामती कर्मचारी संगठन खारेज भएको सूचना सार्वजनिक गरेको हो ।

खारेजीमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी संघ, नेपाल स्वास्थ्यकर्मी संघ, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल परेका छन् ।

त्यस्तै स्वास्थ्य सेवातर्फका नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन पनि खारेज भएका छन् ।

विभागका प्रवक्ता ई. मणिनाथ गोपका अनुसार ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ का आधारमा पञ्जिकाधिकारीको निर्णयबाट विभागमा दर्ता भई सक्रिय राष्ट्रियस्तरका निजामती तथा स्वास्थ्य सेवा कर्मचारी ट्रेड युनियनहरू खारेज गरिएको हो ।

सरकारको यो निर्णयसँगै निजामती सेवामा दलगत कर्मचारी संगठनको प्रभाव र ट्रेड युनियन राजनीतिमाथि ठूलो धक्का पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *