🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मालिकभन्दा कर्मशील सहयात्री : ४४१० मिटर उचाइमा भेटिएका टासी शेर्पा

बाटोको कथा....

एभरेष्ट आधार शिविरबाट लुक्ला एयरपोर्टका लागि उडेको हेलिकप्टर मौसमको प्रतिकूलताका कारण ४४१० मिटर उचाइमा रहेको दिङबोचे हेलिप्याडमा रोकियो ।

हेलिप्याडमा एक जना व्यक्ति हेलिकप्टरलाई इसारा गर्दै,सामान मिलाउँदै, इन्धन भर्दै थिए। उनी सामान्य हेलि सहयोगी जस्ता देखिन्थे। तर वास्तविकतामा उनी थिए नेपालकै प्रतिष्ठित ‘फोटिन पिक्स एक्पिडिसन’ का संस्थापक तथा सिइओ र सोही हेलि एभरेस्टका मालिक टासी शेर्पा ।

बिगत २३ बर्ष देखि निरन्तर यहि पेसामा आफ्नो हात चलाइरहेका उनी मेरो हातमा क्यामेरा देखेर हो कि के हो गुनासो पो गर्न थाले । हेर्नुहोस् न हाम्रो जिन्दगी त यस्तै छ । मान्छेहरु काठमाडौं बसेर अनेक टिकाटिप्पणी गर्छन् । कति पत्रकार र कर्मचारीलाई आधार शिविरसम्म पुर्यायो, नेपाली हो भनेर सहयोग गर्यो अनि कति नेपालीहरुलाई स्वास्थ्य समस्या हुँदा हेलिमा तल पुर्याइदियो । तर जति सहयोग गरेपनि काठमाडौं पुगेपछि हाम्रै बारे उल्टो र नकारात्मक कुरा लेख्नछन् । राज्यलाई वार्षिक रुपमा करिब १ अर्ब ५० करोड वार्षिक रुपमा कर तिर्छौ होला । तर तिरेको करको एक प्रतिशत, (१२ करोड) पनि हाम्रो हातमा बच्दैन् ।

करिब एक घण्टाको बसाइमा धेरै कुरा गर्न सम्भव थिएन। ठूलो कम्पनी भएकाले कमजोरी पनि हुन सक्छन्, आफ्नो कमजोरीलाई स्वीकार्दै एकजना वास्तविक सञ्चार विज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ होला भन्ने सुझाव दिँदा दिँदै लुक्ला एयरपोर्टको लागि हेलिकप्टर तयार भयो । बिदाईमा उनको हात हल्लाई र मुस्कान दुबै सुमधुर थियो ।

दुई दिन लुक्लाको हेलिप्याडमा काठमाडौंको लागि हेलिकप्टर कुर्दा कुर्दै वितेपछि तेस्रो दिन समिट एयरको जहाजबाट काठमाडौं पुगेपनि मलाई उनी र उनको कम्पनिप्रति कुनै गुनासो गर्न मन लागेन ।

तर यसरी वास्तविक कार्यक्षेत्र मै गएर कामलाई सानो–ठूलो नभनी ,कर्मलाई धर्म मान्ने यिनको वास्तविक चरित्रले भने मोहित बनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *