२०८३ वैशाख २३ गते बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धीविक्रम शाहले आरिफलाई दर्ज्यानी चिह्न प्रदान गरे। सो अवसरमा प्रहरी उच्च अधिकारीहरूको उपस्थिति थियो।
आरिफ पछिल्लो समय नेपाली क्रिकेटका भरोसायोग्य खेलाडीका रूपमा चिनिन्छन्। मध्यमक्रममा दबाबका बेला टोली सम्हाल्ने क्षमता, संयमित ब्याटिङ र नेतृत्वदायी भूमिकाले उनलाई अलग पहिचान दिएको छ।
नेपाल पुलिस क्लबको कप्तानी सम्हाल्दै उनले टोलीलाई जय ट्रफी र प्रो क्लब च्याम्पियनसिपजस्ता महत्वपूर्ण उपाधि दिलाएका छन्। घरेलु क्रिकेटमा उनको रणनीतिक सोच र नेतृत्वले पुलिस क्लबलाई बलियो प्रतिस्पर्धी बनाएको छ।
अन्तर्राष्ट्रिय क्रिकेटमा समेत नेपालको प्रतिनिधित्व गरिसकेका आरिफ टी–२० विश्वकपसम्म पुगिसकेका खेलाडी हुन्। क्रिकेट मैदानमा देशको नाम उचाल्दै आएका आरिफको प्रहरी सेवामा भएको यो बढुवा खेलाडीका लागि सम्मान मात्र नभई संगठनभित्र प्रेरणाको विषय बनेको छ।




