🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘सिआरसी प्रतिवेदन अघि बढाउन मन्त्रालय प्रतिबद्ध छ’

काठमाडौँ, २३ वैशाखः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि सिआरसी (कन्भेन्सन अन दि राइट्स टु चाइल्ड) प्रतिवेदन तयार गर्ने प्रक्रियालाई प्रभावकारी रूपमा अघिबढाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ ।
मन्त्रालयले यहाँ आज आयोजना गरेको बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि (सिआरसी) को प्रतिवेदन प्रक्रियाबारे अभिमुखीकरण कार्यक्रममा मन्त्री वादीले बाल अधिकारको संरक्षण, प्रवर्द्धन र सिआरसी प्रतिवेदन प्रक्रियालाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले  लैङ्गिक हिंसा मुक्त समाज निर्माणका लागि आ-आफ्नोतर्फबाट योगदान गर्न सबै व्यक्ति, परिवार, समुदाय, सरकारी निकाय, निजी क्षेत्र, सञ्चारमाध्यम तथा सरोकारवाला सङ्घ÷संस्था र निकायमा अनुरोध पनि गर्नुभयो ।
कार्यक्रममा सिआरसीको अवधारणा, नेपालका प्रतिबद्धता, प्रतिवेदन प्रक्रिया, बाल अधिकारका प्रमुख क्षेत्रहरू तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो । मन्त्रालयले बालबालिकासम्बन्धी ऐन, २०७५ संशोधन गर्न सर्वसाधारणको राय पनि मागेको छ ।
त्यसैगरी मन्त्रालयले महिला तथा किशोरीहरूलाई लैङ्गिक हिंसा भएमा वा घटनाको जानकारी पाएमा ११४५ निःशुल्क हेल्पलाइन सेवा वा अस्पतालमा अवस्थित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र वा नेपाल प्रहरीको टेलिफोन नं १०० वा बाल हेल्पलाइन सेवा १०९८ वा मन्त्रालयको इमेल, मोबाइलमा सम्पर्क गरी तत्कालै जानकारी गराउन पनि अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *