🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बेलासपुर झडप प्रकरण : बियरको बोतल प्रहारबाट एक युवकको मृत्यु, चार जना पक्राउ

नेपालगञ्ज, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा आयोजित वर्तबन्ध कार्यक्रममा युवाहरूबीच भएको झडपमा बियरको बोतल प्रहार हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक युवक घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा बाँके जिल्ला प्रहरीले चार जनालाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २०८३ वैशाख १८ गते शुक्रबार राति भएको विवादले उग्र रूप लिएपछि झडप भएको थियो। झगडाकै क्रममा प्रहार गरिएको बियरको बोतल लागेर बाँकेको खजुरा गाउँपालिका–६ निवासी २२ वर्षीय विशाल चन्द ठकुरी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा जुम्लाको चन्दननाथ नगरपालिका–४ घर भई हाल बेलासपुर बस्दै आएका २० वर्षीय योगेन्द्र सुनार घाइते भएका छन्। उनको उपचार भइरहेको बताइएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कैलालीको लम्कीचुहा नगरपालिका–१ का १९ वर्षीय दीपेन्द्रराज गिरी, लम्कीचुहा नगरपालिका–१ का १८ वर्षीय सुसील खत्री, साेही स्थानका २० वर्षीय खकेन्द्र देवकाेटा तथा २० वर्षीय बिबियस कुँवर रहेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। साथै, कुनै पनि आपराधिक गतिविधि वा शंकास्पद घटना देखिएमा नजिकको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल रुम फाेन १०० मा जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *