🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बाजुराका युवाको अन्तर्राष्ट्रिय सफलता : बिक्रम बहादुर सिंह अमेरिकी सेनामा कसरी सफल भए ?

बाजुरा । बाजुरा जिल्ला, बुढीगंगा नगरपालिका–९ का युवा बिक्रम बहादुर सिंहले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गरेका छन् । उनी अमेरिकी सेनामा भर्ना भई आधारभूत सैन्य तालिम सफलतापूर्वक सम्पन्न गर्न सफल भएका छन् ।

बाजुराबाट अमेरिकी सेनामा भर्ना भई तालिम पूरा गर्ने उनी सम्भवत : पहिलो व्यक्ति भएको बताइन्छ । बिक्रमको यस उपलब्धिले उनको परिवार मात्र होइन, समग्र बाजुरा जिल्लालाई नै गौरवपूर्ण बनाएको छ । साथै, उनको सफलता अन्य युवाहरूका लागि प्रेरणादायी उदाहरण बनेको छ ।

इन्जिनियरिङ क्षेत्रमा प्राविधिक भूमिकामा कार्यरत बिक्रमले कडा प्रतिस्पर्धा र चुनौतीपूर्ण सैन्य प्रशिक्षण पार गर्दै यो सफलता हासिल गरेका हुन् । अमेरिकी सेनामा उनको भूमिका प्राविधिक तथा इन्जिनियरिङसम्बन्धी जिम्मेवारीसँग सम्बन्धित रहेको बताइएको छ ।

उनका बुवा प्रकाश बहादुर सिंह र आमा बिन्द्रकला देवी सिंहले छोराको उपलब्धिप्रति गर्व व्यक्त गर्दै यसलाई आफ्नो जीवनकै सबैभन्दा खुसीको क्षण भएको बताएका छन् ।

दुर्गम क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरसम्म पुगेर यस्तो सफलता हासिल गर्नु चुनौतीपूर्ण भए पनि बिक्रमले आफ्नो मेहनत, अनुशासनका आधारमा यो सम्भव बनाएका हुन्


स्रोत: Nepal News Bank

Leave a Reply

Your email address will not be published. Required fields are marked *