🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कर्णालीमा खेल क्षेत्रको ठुलो सम्भावनाको क्षेत्र हो : मन्त्री भण्डारी

मुगु । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी ले कर्णाली प्रदेशमा खेल क्षेत्रको सम्भावना अत्यन्त राम्रो रहेको बताएका छन् ।

१६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गर्न जुम्ला जिल्लाको हिमा गाउँपालिका–स्थित ओदी गाउँ पुगेका मन्त्री भण्डारीले खेलकुदले पछिल्लो समय सामाजिक सम्बन्ध विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

मन्त्री भण्डारीले जुम्ला बाट छनोट हुने टोली अन्य जिल्ला सँग प्रतिस्पर्धा गर्न सक्षम बन्ने विश्वास व्यक्त गर्दै खेलाडीहरूलाई उच्च स्तरको प्रदर्शन गर्न आग्रह गरे। साथै, कर्णालीका खेलाडीले अन्य प्रदेशसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले अनुशासन र आत्मविश्वासका साथ खेल्नुपर्नेमा जोड दिए ।

मन्त्री भण्डारीले युवाहरूलाई विदेश जाने सोचभन्दा आफ्नै देशमा सम्भावना खोज्न आग्रह गर्दै जुम्लाबाट छनोट भएको टोलीले कर्णालीको प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा हिमा गाउँपालिकाका अध्यक्ष तथा राष्ट्रिय गाउँपालिका महासंघका केन्द्रीय उपाध्यक्ष लक्ष्माण बहादुर शाही ले प्रतियोगितामा सहभागी खेलाडीहरूलाई मैत्रीपूर्ण र मर्यादित ढंगले खेल्न अनुरोध गरे। उनले खेल मैदान, सडक लगायत पूर्वाधार विकासमा प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै, जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेल ले खेलकुद स्वास्थ्य र राष्ट्रका लागि अपरिहार्य भएको बताए । उनले विद्यार्थीहरूलाई केवल डाक्टर वा सरकारी जागिरतर्फ मात्र नसोची खेलाडी, उद्यमी वा कृषक बन्न पनि प्रेरित हुनुपर्ने धारणा राखे।

कार्यक्रममा हिमा गाउँपालिकाकी उपाध्यक्ष सुर्पुना शाहीले स्वागत मन्तव्य व्यक्त गर्दै सहभागी विद्यार्थीहरूलाई शुभकामना दिइन् । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कबिदत्त न्यौपानेले खेलकुद विकास बिना समग्र विकास सम्भव नभएको उल्लेख गर्दै खेललाई राष्ट्रिय पहिचानसँग जोडिएको बताए ।

हिमा गाउँपालिकाको ओदी गाउँमा सुरु भएको उक्त प्रतियोगितामा जुम्लाका छ स्थानीय तह सहभागी रहेका छन् । यद्यपि गुठी चौर गाउँपालिका र चन्दननाथ नगरपालिका ले यस वर्षको प्रतियोगितामा सहभागिता जनाएका छैनन् ।

-दान बहादुर बुढा, नेपाल न्यूज बैंक


स्रोत: Nepal News Bank

Leave a Reply

Your email address will not be published. Required fields are marked *