🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गोरखा अस्पतालमा शल्यक्रिया सेवामा उच्च वृद्धि, बिरामीको चाप बढ्यो

गोरखा, २२ वैशाख : प्रदेश अस्पतालमा स्तरोन्नति भएपछि गोरखा अस्पतालमा सेवा दिनेको सङ्ख्या बढ्दै गएको छ । यहाँ विशेष गरी शल्यक्रिया गर्ने बिरामीको सङ्ख्या उल्लेख्य वृद्धि भएको हो । चालु आर्थिक वर्ष २०८२÷८३ को १० महिनामा एक हजारभन्दा धेरै जनाले शल्यक्रिया सेवा लिएका अस्पताल प्रशासनले जनाएको छ ।

वैशाख पहिलो हप्तासम्ममा एक हजार १९० जनाको शल्यक्रिया गरिएको अस्पतालका सूचना अधिकारी चन्द्र खत्रीले जानकारी दिनुभयो । तीमध्ये पाँच ९६ जनाको ‘मेजर’ शल्यक्रिया, दुई सय ३४ जनाको मध्यम र तीन सय ६० जनाको ‘माइनर’ शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षको हालसम्ममा अस्पतालले सबैभन्दा धेरै छ सय ३२ जनाको जनरल सर्जरी गरेको छ । यस्तै, तीन सय २२ जनाको स्त्री रोग तथा प्रसूतिसम्बन्धी शल्यक्रिया र २३६ जनाको अर्थोपेडिक्स तथा ट्रमासम्बन्धी शल्यक्रिया भएको छ ।

प्रदेश अस्पताल गोरखाले जिल्लामा गत आर्थिक वर्ष २०८१÷८२ मा एक हजार २९६ जनालाई शल्यक्रिया सेवा प्रदान गरेको थियो । गत आवमा पाँच सय सात जनाको मेजर शल्यक्रिया भएको अस्पतालका सूचना अधिकारी खत्रीले बताउनुभयो ।

चालु आवमा हालसम्म १० हजार ५६ जनाले युएसजी सेवा, छ हजार १८२ जनाले इसिजी, दुई हजार ६४३ जनाले फिजियोथेरापी तथा छ हजार ४७३ जनाले आयुर्वेद सेवा लिएका छन् ।

यसैगरी, १६ जना लैङ्गिक हिंसापीडित तथा प्रभावित व्यक्तिहरूले एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट निःशुल्क सेवा लिएको अस्पतालको विवरणमा उल्लेख छ । अस्पतालको सामाजिक सेवा इकाइअन्तर्गत गरिब, असहाय, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसापीडित जस्ता समस्यामा परेका पाँच सय आठ जनाले निःशुल्क तथा सहुलियत सेवा लिएको अस्पतालको विवरणमा उल्लेख छ ।

पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा अस्पतालको न्यूनतम सेवा मापदण्ड ९० प्रतिशत कायम भएको र जुन गण्डकी प्रदेशकै उत्कृष्ट रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ढकालले बताउनुभयो । उहाँका अनुसार गोरखा अस्पतालले गोरखा नगरपालिकासँगको साझेदारीमा ‘आधारभूत स्वास्थ्य सेवा’ समेत सञ्चालनमा ल्याएको छ ।

उक्त सेवाअन्तर्गत गोरखा नगरवासीले अस्पतालका सेवामा विशेष छुट पाउने व्यवस्था रहेको समितिका अध्यक्ष ढकालले जानकारी दिनुभयो । प्रदेश अस्पतालले हालसालै इन्डोस्कोपी सेवा सञ्चालनमा ल्याएको, फिजियोथेरापी सेवा विस्तारका साथै प्रयोगशाला सेवा र आयुर्वेद सेवा सुदृढीकरण गरिएको उहाँले बताउनुभयो ।

अस्पतालमा भीड व्यवस्थापनका लागि बिहान ८ः०० बजेदेखि नै ओपिडी सेवा सञ्चालनमा ल्याइएको अध्यक्ष ढकालले जानकारी दिनुभयो । अन्य आकस्मिक सेवाहरू भने चौबिसै घण्टा सञ्चालन भइरहेका छन् । –––

Leave a Reply

Your email address will not be published. Required fields are marked *