🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पूर्वप्रधानमन्त्रीहरूको सुरक्षामा बालेन सरकारको चल्याे कैंची !

काठमाडौं, २२ वैशाख, २०८३ । सरकारले पूर्वप्रधानमन्त्रीहरूको सुरक्षा व्यवस्थामा कडाइ गर्दै अतिरिक्त रूपमा खटाइएका सुरक्षाकर्मीहरू फिर्ता गर्न थालेको छ । पछिल्लो निर्णयअनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग रहेका ४४ जना सुरक्षाकर्मी सम्बन्धित सुरक्षा निकायमै फिर्ता भएका छन् ।

जानकारीअनुसार, ओलीसँग रहेका १४ जना, प्रचण्डसँग रहेका १५ जना र माधव नेपालसँग रहेका १५ जना सुरक्षाकर्मी फिर्ता गरिएको हो । पूर्वविशिष्ट पदाधिकारीलाई उपलब्ध गराइने सुरक्षाबारे पुनरावलोकन भएपछि मापदण्डभन्दा बढी खटिएका सुरक्षाकर्मी हटाउने प्रक्रिया अघि बढाइएको बताइएको छ ।

पूर्वप्रधानमन्त्रीहरूलाई आवश्यक सुरक्षा भने यथावत् रहने छ । तर, आवश्यकता र मापदण्डभन्दा बढी जनशक्ति राख्ने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले यस्तो कदम चालेको हो । यसअघि केही पूर्वविशिष्ट पदाधिकारीका निवासमा ठूलो संख्यामा सुरक्षाकर्मी खटिएको विषयमा प्रश्न उठ्दै आएको थियो ।

गृह प्रशासनले सुरक्षा व्यवस्थालाई मापदण्डभित्र ल्याउने, राज्य स्रोतको अनावश्यक प्रयोग घटाउने र सुरक्षाकर्मीलाई नियमित जिम्मेवारीमा फर्काउने नीति लिएको छ । फिर्ता भएका सुरक्षाकर्मीहरू अब सम्बन्धित प्रहरी तथा सुरक्षा निकायबाट आवश्यक स्थानमा परिचालन हुनेछन् ।

यो निर्णयसँगै पूर्वविशिष्ट पदाधिकारीको सुरक्षामा राज्यले गर्दै आएको खर्च, जनशक्ति व्यवस्थापन र राजनीतिक प्रभावको विषय फेरि बहसमा आएको छ । सरकार पक्षले यसलाई सुरक्षा व्यवस्थापन सुधारको कदम भनेको छ भने नेताहरूका निकटवर्तीहरूले संवेदनशील राजनीतिक परिस्थिति हेरेर सुरक्षा कटौती गर्नुपर्ने/नपर्ने विषयमा समीक्षा हुनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *