🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मुगुमा माटो परीक्षण गर्दा अम्लीयपन उच्च, कृषकलाई सचेतना र सुधारका के उपाय सुझाइयो ?

मुगु । हिमाली जिल्ला मुगुको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिका भित्रका खेतीयोग्य जमिन र फलफूल उत्पादन हुने क्षेत्रमा गरिएको माटो परीक्षणमा अम्लीयपन उच्च देखिएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ मुगुको आयोजना तथा कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत एकीकृत कृषि प्रयोगशाला सुर्खेतको प्राविधिक सहयोगमा गमगढी बजारमा केही दिनअघि सञ्चालन गरिएको माटो परीक्षण शिविरमा १०६ स्थानको माटो परीक्षण गरिएको थियो ।

परीक्षणको नतिजाअनुसार पिएच तर्फ १० स्थानमा अत्यधिक अम्लीय, ४५ स्थानमा तटस्थ र ४२ स्थानमा क्षारीय अवस्था देखिएको छ । नाइट्रोजन तर्फ १०२ स्थानमा मध्यम र ४ स्थानमा उच्च, फस्फोरस तर्फ ३ स्थानमा मध्यम र १०३ स्थानमा उच्च तथा पोटास तर्फ २ स्थानमा न्यून, ६७ स्थानमा मध्यम र ३६ स्थानमा उच्च मात्रा रहेको पाइएको छ ।

प्राविधिकहरूका अनुसार हिमाली क्षेत्रमा सीमित खेतीयोग्य जमिनमध्ये केही स्थानमा अम्लीय र क्षारीयपनको समस्या देखिए पनि समग्रमा माटोको अवस्था अन्य जिल्लाको तुलनामा राम्रो रहेको छ ।

कोसेबाली भित्र्याउँदा जरा उखेल्नुभन्दा माटो माथिबाट काटेर प्रयोग गर्दा माटोको उर्वराशक्ति जोगाउन मद्दत पुग्ने सुझाव पनि दिइएको छ । प्रयोगशालाका प्रमुख राज शाहीका अनुसार कार्यालयको वार्षिक कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष मुगुमा माटो परीक्षण शिविर सञ्चालन हुँदै आएको छ। यो तेस्रो वर्षको परीक्षण हो। गत वर्ष जिल्लाका चार स्थानीय तहबाट १४३ नमुना परीक्षण गर्दा ५९ स्थानमा क्षारीय र २८ स्थानमा अम्लीयपन देखिएको थियो ।

यस वर्ष विशेषगरी स्याउ, आरु, ओखर र नास्पाती उत्पादन हुने क्षेत्रको माटो परीक्षण गर्दा १० स्थानमा बढी अम्लीयपन देखिएको र अन्य स्थानको अवस्था सामान्य रहेको बताइएको छ । अम्लीयपन घटाउन कृषकलाई तालिम, सल्लाको पिरलबाट मल बनाउने, जमिन व्यवस्थापन गर्ने लगायतका उपाय अपनाउन सुझाव दिइएको छ । भिरालो भू–भागका कारण वर्षा र हावाहुरीले माटो बगाउने समस्याले पनि पोटासको कमी देखिएको प्राविधिकहरूले बताएका छन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मुगुका प्रमुख तेजविक्रम मल्लले माटोको स्वास्थ्य सुधारका लागि कृषकलाई निरन्तर तालिम र सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए ।

स्थानीय कृषक जनक हमालले आफूले पहिलो पटक माटो परीक्षण गराउँदा मध्यम स्तरको नतिजा आएको बताए । ‘कुन माटोमा कुन बाली उपयुक्त हुन्छ भन्ने जानकारी पाउँदा उत्पादन बढाउन सहज हुन्छ,’ उनले भने ।

विशेषज्ञहरूका अनुसार माटो बिग्रिनुका मुख्य कारणमा गोबर तथा कम्पोष्ट मलको न्यून प्रयोग, रासायनिक मलको असन्तुलित प्रयोग, विषादीको बढ्दो प्रयोग, बालीचक्रको अभाव, भू-क्षय र अवैज्ञानिक खेती प्रणाली रहेका छन् ।

माटोको स्वास्थ्य जोगाउन तीनै तहका सरकारले कृषक लक्षित तालिम, सचेतना र प्राविधिक सहयोग कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।


स्रोत: Nepal News Bank

Leave a Reply

Your email address will not be published. Required fields are marked *