🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रपतिबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी, नियुक्ति प्रक्रियामा नयाँ मोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गर्नुभएको छ।

राष्ट्रपति कार्यालय, महाराजगञ्जबाट २०८३ साल वैशाख २२ गते जारी विज्ञप्तिअनुसार उक्त अध्यादेश औपचारिक रूपमा लागू गरिएको हो। विज्ञप्तिमा अध्यादेश जारी गर्ने निर्णय नेपाल सरकारको सिफारिसमा गरिएको स्पष्ट पारिएको छ।

जारी अध्यादेशले संवैधानिक परिषदसँग सम्बन्धित काम, कर्तव्य, अधिकार तथा कार्यविधिमा संशोधन गर्ने व्यवस्था समेटेको छ। यसलाई उच्चस्तरीय संवैधानिक निकायहरूमा हुने नियुक्ति प्रक्रियासँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण कानुनी कदमका रूपमा हेरिएको छ।

विज्ञप्तिअनुसार अध्यादेश जारीसँगै यसको कार्यान्वयन प्रक्रिया अगाडि बढ्नेछ भने यसबारे राजनीतिक तथा संवैधानिक क्षेत्रमा चासो बढेको छ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा आएको अध्यादेशलाई राष्ट्रपति पौडेलले थप अध्ययन र आवश्यक सुधारका लागि २०८३ वैशाख २० गते सरकारसमक्ष फिर्ता पठाउनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *