🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउनदेखि मात्रै सञ्चालनमा ल्याइने !

काठमाडौं । बहुप्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आगामी साउनको दोस्रो सातादेखि पूर्ण रूपमा व्यावसायिक सञ्चालनमा ल्याउने तयारी छ । आयोजना प्रमुख सौजन्य नेपालका अनुसार सुरुङमार्गको जेठ अन्तिममा परीक्षण (ट्रायल) सञ्चालन सम्पन्न गरी २०८३  साउनदेखि नियमित सञ्चालन सुरु गरिनेछ ।

प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल नेतृत्वको टोलीले सोमबार गरेको स्थलगत अनुगमनका क्रममा आयोजना प्रमुख नेपालले सुरुङमार्ग सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।

उनका अनुसार गत वर्ष साउन–भदौमा परेको भारी वर्षाका कारण पश्चिमी छेउमा पहिरो जाँदा टोल बुथ संरचनामा क्षति भएपछि निर्माण तथा सञ्चालनमा ढिलाइ भएको थियो । परामर्शदाता प्रमुख रमेश कोइरालाले कानुनी प्रक्रिया, बन्द–हडताल तथा सञ्चालन मोडालिटी परिवर्तनका कारण पनि ढिलाइ भएको बताए ।

प्रारम्भमा सडक विभागमार्फत सञ्चालन गर्ने योजना रहे पनि पछि प्रतिस्पर्धाबाट सेवाप्रदायक छनोट गर्ने निर्णय भएपछि प्रक्रिया मन्त्रिपरिषद्सम्म पुगेको उनले जानकारी दिए ।

आयोजनाको हालसम्मको भौतिक प्रगति ९९ प्रतिशत र वित्तीय प्रगति ९६ प्रतिशत पुगेको छ । निर्माण कम्पनीले चाँडै आयोजना सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । सुरुङमार्ग सञ्चालनका लागि चीनको युसिन–एआरटी (संयुक्त) कम्पनीलाई पाँच वर्षका लागि ठेक्का दिइएको छ । आयोजनाका अनुसार सुरुङमार्ग सञ्चालनका लागि करिब १५० जना जनशक्ति आवश्यक पर्नेछ ।


स्रोत: Nepal News Bank

Leave a Reply

Your email address will not be published. Required fields are marked *