🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ठगी तथा आपराधिक विश्वासघात कसुरमा सर्वेश जोशी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा सर्वेश जोशीलाई पक्राउ गरेको छ।

सीआईबीका अनुसार काठमाडौं महानगरपालिका–२, खुर्सानीटार बस्ने ४५ वर्षीय जोशीलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई खुर्सानीटारबाट पक्राउ गरिएको हो। उनीमाथि नेपाल सरकारको सम्पत्तिमा हक टुटाउने उद्देश्यले बेइमानीपूर्वक काम गरेको आरोपमा अनुसन्धान भइरहेको छ।

नेपाल दूरसञ्चार प्राधिकरण, जमलबाट २०७० वैशाख २ गते आधारभूत टेलिफोन सेवा सञ्चालनका लागि अनुमतिपत्र नम्बर BTSL-01 लिई सञ्चालनमा आएको “स्मार्ट टेलिकम प्रा.लि.” ले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम २०८० वैशाख ३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएको थियो।

अनुमतिपत्र रद्द भएपछि दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम कम्पनीका सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा गएको थियो।

तर, उक्त सम्पत्तिमा नेपाल सरकारको हक अधिकार कमजोर पार्ने उद्देश्यले कार्य गरिएको देखिएको भन्दै सीआईबीले जोशीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

सीआईबीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *