🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृ त्यु

सर्लाही । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको बागमती नगरपालिका–२ धरहरा चौकस्थित नयाँ रोड–बरहथवा सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको हो ।

सोमबार साँझ करिब ५ः४५ बजे नयाँ रोडबाट बरहथवातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बिआर ३३ बिएफ ७८२१ नम्बरको मोटरसाइकलले पैदल यात्री बागमती नगरपालिका–२ धरहरा टोल निवासी अन्दाजी ७५ वर्षीय हरि बहादुर अधिकारीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि वीरगन्ज पठाइएको थियो । पछि उनलाई एल।एस। न्युरो अस्पताल बारा लगिएकोमा चिकित्सकले साँझ ७ः२५ बजे मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि मोटरसाइकल प्रहरी चौकी ढुङ्ग्रेखोलाको नियन्त्रणमा रहेको छ भने चालक गोडैता नगरपालिका–२ निवासी अन्दाजी २० वर्षीय शिवम कुशवाहालाई इलाका प्रहरी कार्यालय हरि वनले नियन्त्रणमा लिएको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


स्रोत: Nepal News Bank

Leave a Reply

Your email address will not be published. Required fields are marked *