🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

क्यानको महानिर्देशक पदका लागि २१ जनाको आवेदन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै महानिर्देशक पदका लागि आवेदन परेका उम्मेदवारको संख्या सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार पदपूर्तिका लागि यही वैशाख १२ गतेदेखि आवेदन आह्वान गरिएको थियो ।

प्राधिकरणको नेतृत्व चयनका लागि खुलाइएको उक्त पदमा अपेक्षाअनुसार उच्च रुचि देखिएको मन्त्रालयले जनाएको छ । अब प्राप्त आवेदनहरूको प्रारम्भिक छनोट तथा मूल्यांकन प्रक्रिया अघि बढाइने र योग्य उम्मेदवारहरूलाई थप प्रक्रियामा सहभागी गराइने बताइएको छ ।

महानिर्देशक पद क्यानको प्रमुख कार्यकारी जिम्मेवारी सम्हाल्ने पद भएकाले यसमा प्रतिस्पर्धा उच्च हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *