काठमाडौं, २१ वैशाख । धनुषा, जनकपुरधाम उपमहानगरपालिका-२ स्थित दिपिका उपाध्यायले संचालन गरेको ब्युटी पार्लरमा २०८३ वैशाख २० गते आइतबार राति आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
झापा, दमक नगरपालिका-१ कुमाल चोकस्थित इलाम फाकफोकथुम गाउँपालिका-३ बस्ने २७ वर्षीय रोशन घतानीले भाँडामा लिइ संचालन गरेको फाकफोकथुम ज्वेलर्समा आइतबार राति आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।




