🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रौतहटमा अन्धविश्वासको भयावह रूप : बोक्सी आरोपमा एकल महिलामाथि बर्बरता, मल/मूत्र खुवाएर कुटपिट

रौतहट । रौतहटको कट हरिया नगरपालिकामा एक ५५ वर्षीय एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै मल/मूत्र खुवाएर अमानवीय व्यवहार गरिएको जघन्य घटना सार्वजनिक भएको छ ।

कट हरिया नगरपालिका—९, डुमरिया टोल बस्ने ती महिलालाई स्थानीय केही व्यक्तिहरूले ‘बोक्सी लागेर आफ्नो नातेदारको बालक बिरामी पारेको’ आरोप लगाउँदै घरमै पसेर कुटपिट गरेका थिए । पीडितका अनुसार, आक्रमणकारीहरूले गालीगलौज गर्दै उनलाई बियरको बोतलमा घोलेको मानव मल/मूत्र जबरजस्ती खुवाएका थिए ।

घटनाको जानकारी पाएपछि तत्काल इलाका प्रहरी कार्यालय कट हरियाबाट प्रहरी नायव निरीक्षक मोहन आले मगरको नेतृत्वमा खटिएको टोलीले अचेत अवस्थामा रहेकी महिलाको उद्धार गरेको थियो । उनलाई तत्काल स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको थियो। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, उक्त अमानवीय कार्यमा संलग्न रहेको आरोपमा कटहरिया—९ बस्ने ३० वर्षीय शंकर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको र पक्राउ परेका माझीमाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए ।

नेपालको कानुनले बोक्सीको आरोपमा गरिने यस्ता दुव्र्यवहारलाई गम्भीर अपराध मानेको छ । स्थानीय प्रशासनले अपराधीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *