🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि बागमती प्रदेशलाई

काठमाडौं । राजधानीमा सम्पन्न दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि बागमती प्रदेशले हात पारेको छ । मिति २०८३ वैशाख २० गते आइतबार भएको रोमाञ्चक फाइनल भिडन्तमा सुदूरपश्चिम प्रदेशलाई १४–८ को स्कोरले पराजित गर्दै बागमतीले स्वर्ण पदकमाथि कब्जा जमाएको हो ।

प्रतियोगितामा लुम्बिनी प्रदेशले तेस्रो स्थान हासिल ग¥यो । विजेता बागमती प्रदेशले नगद ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्दा उपविजेता सुदूरपश्चिमले २० हजार र तेस्रो हुने लुम्बिनीले १० हजार रुपैयाँ पुरस्कार पाए ।

त्यसैगरी, चौथो स्थानमा चित्त बुझाएको कोशी प्रदेशले १० हजार रुपैयाँ सान्त्वना पुरस्कार प्राप्त ग¥यो । उक्त सान्त्वना पुरस्कार सङ्घकी सदस्य सुनिता थापाले व्यक्तिगत रूपमा प्रायोजन गरेकी थिइन् ।

बागमती प्रदेशका दिपेश माझी प्रतियोगिताको ‘उत्कृष्ट खेलाडी’ घोषित भए। उनले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

आयोजक कमिटीका संयोजक तथा नेपाल बेसबल तथा सफ्टबल संघका उपाध्यक्ष सुरेन्द्र थपलियाका अनुसार प्रतियोगितामा सात प्रदेश र एक विश्वविद्यालय गरी कुल ८ टोलीको सहभागिता रहेको थियो ।

विजेता टोली तथा खेलाडीहरूलाई प्रमुख अतिथि एवं नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए । पुरस्कार वितरण समारोहमा नेपाल ओलम्पिक कमिटीका सचिव तथा नेपाल बास्केटबल संघका अध्यक्ष भिमसिंह गुरुङ र बेसबल सफटबल सघका अध्यक्ष दिपक न्यौपाने लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *