🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विभिन्न स्थानबाट लागूऔषधसहित २२ जना पक्राउ

स्रोत नखुलेको रकमसहित दिलीप तामाङ पक्राउ

काठमाडौँ, १९ वैशाख : प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । विभिन्न जिल्लामा खटिएको प्रहरी टोलीले झापा, कैलाली, उदयपुर, बर्दिया, कञ्चनपुर, धनुषा, सिन्धुलीलगायत जिल्लाबाट लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको हो ।

झापाको बुद्धशान्ति गाउँपालिका-३ बुधबारे बजारबाट एक, अर्जुनधारा नगरपालिका-५ कैलाशघाटबाट एक, बिर्तामोड नगरपालिका-४ पुरानो भद्रपुर रोडबाट चार, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट एक र मेचीनगर-६ गैरीगाउँबाट एक जना पक्राउ परेका नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । प्रहरीका अनुसार कैलालीको टीकापुर नगरपालिका-९ खक्रौलाबाट दुई, धनगढी उपमहानगरपालिका-१ शिवनगर टिकटक पुलबाट पाँच जना र उदयपुरको त्रियुगा नगरपालिका-६ बाट दुई जना पक्राउ परेका छन् ।

त्यस्तै, बर्दियाको बाँसगढी नगरपालिका-५ बाट एक, कञ्चनपुरको बेलौरी नगरपालिका-७ पौलाहाबाट एक, धनुषाको धनुषाधाम नगरपालिका-९ धारापानीबाट दुई र सन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट एक जना पक्राउ परेका प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

प्रहरीले विराटनगर महानगरपालिका-४ स्थित विराटनगर विमानस्थलबाट स्रोत नखुलेको नगद रु ११ लाखसहित एक जनालाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षा गार्ड विराटनगरबाट खटिएको प्रहरीटोलीले चेकजाँचका क्रममा स्रोत नखुलेको नगद रु ११ लाखसहित सुनसरी धरान उपमहानगरपालिका-१८ का ३५ वर्षीय दिलीप तामाङ पक्राउ गरेको हो ।

विमानस्थल सुरक्षामा खटिएको प्रहरी टोलीले बुद्ध एयरको उडानमार्फत काठमाडौँ जान लागेका निजलाई जाँच गर्ने क्रममा झोलाबाट उक्त नगद फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *