🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अरनिको राजमार्ग पूर्ण अवरुद्ध, दुई सडकखण्ड एकतर्फी सुचारु

काठमाडौं। बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। प्राप्त राजमार्ग अवरोध विवरणअनुसार बागमती प्रदेशको सिन्धुपाल्चोकमा पर्ने अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ क्षेत्रमा पहिरो गएपछि अरनिको राजमार्गमा सवारी आवागमन रोकिएको हो। सडक खुलाउन सम्बन्धित निकायले प्रयास गरिरहेको जनाइएको छ।

यस्तै, कोशी प्रदेशको भोजपुर नगरपालिका-५ बोखिम क्षेत्रमा बाढीका कारण मध्य पहाडी लोकमार्ग प्रभावित भएको छ। उक्त सडकखण्डमा वैकल्पिक बाटो प्रयोग गरी एकतर्फी यातायात सञ्चालनमा आएको छ।

गण्डकी प्रदेशको म्याग्दीमा पनि पहिरोका कारण बेनी-जोमसोम सडकखण्ड अवरुद्ध भएको थियो। अन्नपूर्ण गाउँपालिका क्षेत्रमा गएको पहिरोपछि सडकमा अवरोध भए पनि हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको विवरणमा उल्लेख छ।

लगातारको वर्षा तथा पहिरोको जोखिम कायमै रहेकाले प्रभावित क्षेत्रका यात्रुलाई आवश्यक सावधानी अपनाउन र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *