🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सशस्त्र प्रहरीद्वारा ६ हजार केजी स्याउसहित तीन पिकअप नियन्त्रणमा

महोत्तरी। नेपालबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरेको ठूलो परिमाणको स्याउसहित तीन वटा पिकअप गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। महोत्तरी जिल्लाको मनराशिसवा नगरपालिका–२ स्थित सीमा इलाकाबाट २०८३ वैशाख १९ गते सशस्त्र प्रहरी बलले ६ हजार ९ केजी स्याउ बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. ९ महोत्तरी गण तथा मातहतका युनिटबाट खटिएको टोलीले तस्करी गरी भारततर्फ लैजान लागिएको अवस्थामा प्रदेश ०२–०२–००१ च ०७२२, प्रदेश १–०४–००१ च ०४१४मधेश प्रदेश ०४–००१ च ०३८० नम्बरका तीन वटा पिकअप गाडी नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीका अनुसार ती गाडीमा ३ सय ४५ कार्टुन स्याउ लोड गरिएको थियो। बरामद स्याउ तथा गाडी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सीमावर्ती क्षेत्रमा पछिल्लो समय फलफूललगायतका सामग्री अवैध रूपमा ओसारपसार गर्ने गतिविधि बढेपछि सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई कडाइ गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *