🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ)ले आफ्नो पार्टीलाई केवल राजनीतिक शक्ति नभई सामाजिक रूपान्तरणको अभियानका रूपमा प्रस्तुत गरेका छन् ।

मिति २०८३ वैशाख १९ गते शनिबार खोटाङको दिक्तेलमा आयोजित कार्यक्रममा बोल्दै राईले मोलमिलाप, चेतना, जागरणको अभियान र श्रमदान गरेर विकासमा टेवा आफूहरुको उद्देश्य रहेको उनले बताएका हुन् ।

उनले भने, ‘हाम्रो पार्टी राजनीति गर्ने मात्र होइन, सामाजिक अभियान पनि हो । मेलमिलापको अभियान र चेतनाको अभियान पनि हो, जागरणको अभियान हो । साथै श्रमदान गरेर विकासमा टेवा पु¥याउने पार्टी पनि हो ।’

उनले पार्टीले भ्रष्टाचार, दलाली र कमिसन घुसखोरी काम नगर्ने बाचा गरेका छन् । ‘म तपाइँलाई के बचन दिन्छु भने मोलमोलाइ, दलाली, भष्ट्रचार, कमिसन वा घुसखोरी काम कदापि गर्ने छैनौं । आफ्ना सांसदलाई पनि सचेत गराई रहेको छु,’ उनले भने ।

आफ्ना पेट पाल्न र पेट बढाउनको लागि होइन देश बनाउन, बचाउन र देशको सुधारको लागि लाग्ने उनले बताए । उनले भने,‘आफ्ना पेट पाल्न र पेट बढाउनको लागि होइन, देश बनाउन र बचाउनको लागि हो । देश सुधार लागि लाग्ने छौं ।’

उनले सुशासनको पक्षमा दृढतापूर्वक उभिने र वर्तमान सरकारका गलत कार्यहरूको विरोध गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *