🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रुकुम पूर्व-रोल्पा सडक दुर्घटनाप्रति रास्वपाको शोक, सुधारको प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार जिप दुर्घटनामा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गरेको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

रास्वपाले विकट भौगोलिक अवस्था र चुनौतीपूर्ण परिस्थितिकाबिच उद्धार कार्यमा खटिएका सुरक्षा निकाय तथा टोलीहरूको साहस र समर्पणको उच्च प्रशंसा गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

रास्वपाले यस्तो दुर्घटनाले सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै यस्ता घटनालाई केवल तथ्याङ्कमा सीमित नगरी नागरिक जीवनसँग जोडिएको संवेदनशील विषयका रूपमा लिनुपर्नेमा जोड दिइएको छ । पार्टीले यस्ता दुर्घटनाले परिवार र समुदायमा दीर्घकालीन असर पार्ने भन्दै सरोकारवालासँग मिलेर समाधान खोज्ने प्रतिबद्धता जनाएको छ ।

आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति रोक्न सवारी दुर्घटना न्यूनीकरणका लागि नीतिगत सुधार, सडक अनुशासनको कडाइका साथ कार्यान्वयन तथा पूर्वाधार विकासमा जोड दिने र नागरिक सुरक्षालाई सर्वोच्च प्राथमिकता दिने रास्वपाले स्पष्ट पारेको छ ।

शुक्रबार रुकुम पूर्वबाट रोल्पा जिल्लाको थवाङ गाउँपालिका जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जिप थवाङ गाउँपालिका—१ को भिरालो क्षेत्रमा करिब ७००/८०० मिटर तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *