🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

देशका विभिन्न स्थानबाट लागू औषधसहित ५ जना पक्राउ

विराटनगर । झापा, मोरङ र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागू औषधसहित ५ जनालाई पक्राउ गरिएको छ ।

झापाको अर्जुनधारा नगरपालिका९५ स्थितबाट लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनार मणिबाट खटिएको संयुक्त प्रहरी टोलीले मे १ ह २४४३ नम्बरको अटो चालक मोरङ पथरीशनिश्चरे नगरापालिका-५ का सागर दर्जीलाई २ ग्राम ब्राउन सुगरसहित र इलाका प्रहरी कार्यालय बुधबारेले बुद्ध शान्ति नगरपालिका-१ का हरि प्रसाद ढकाललाई २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय बिराटचोकले सुन्दरहरैचा नगरपालिका-९ स्थितबाट सोही स्थानका विकल राईलाई ७० चक्की प्रतिबन्धित औषधीसहित पक्राउ गरेको छ भने उदयपुरको प्रहरी चौकी लाल पत्ताले त्रियुगा नगरपालिका-१० का आशिष सुर्खेती र त्रियुगा नगरपालिका-३ का सन्देश राउतलाई ४१ एम्पुल प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ ।

पक्राउ परेको सबै जनाको थप अनुसन्धान भई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *