🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
xr:d:DAFbpsAE51M:3547,j:4806882952728384498,t:24012203

सर्लाहीमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा ६ बर्षिया बालिकाको मृत्यु, बुबा घाइते

सर्लाही । सर्लाहीको लाल बन्दी नगरपालिका–४ हरि वनमा ट्याक्टरले साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ भने उनका बुबा घाइते भएका छन् । शुक्रबार दिउँसो हरिपुरबाट लाल बन्दीतर्फ आउँदै गरेको ना ५ त ३११३ नम्बरको ट्याक्टरले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा साइकलको पछाडि सवार लाल बन्दी नगरपालिका–९ निवासी करिब ६ वर्षीया अन्सु भट्टराईको घटनास्थलमै मृत्यु भएको छ । साइकल चालक उनका बुबा करिब ४० वर्षीय सन्तोष भट्टराई घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ भने मोडेल अस्पताल लाल बन्दीमा उपचार भइरहेको छ ।

उनको अवस्था मध्यम रहेको बताइएको छ । प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर र चालक लाल बन्दी नगरपालिका–१७ निवासी करिब ५० वर्षीय दुर्गामान थोकरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लाल बन्दीमा राखेको जनाएको छ ।

बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

-राजेन्द्र विश्वकर्मा, नेपाल न्यूज बैंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *