🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आफ्नै बाबुबाट बलात्कृत बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा !

सुर्खेत । आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी दैलेखकी एक बालिकालाई प्रहरीले उद्धार गरेको छ । बलात्कारको आरोपमा किशोरीका बाबुलाई नियन्त्रणमा लिइएको हो ।

बालिका एक बर्षदेखि आफ्नै बाबुबाट बलात्कृत भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरी निरीक्षक राजकुमार थापाको टोलीले किशोरीको उद्धार र बाबुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती बालिका आफ्नै बाबुबाट बलात्कृत भएको खुलेपछि ४९ बर्षिय किशोरीका बाबुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आरोपी किशोरीका बाबुविरुद्ध हाडनातामा जबरजस्ती करणीको मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख गणेशबहादुर बरालले जानकारी दिए । पक्राउ परेका बाबुले आफ्नै छोरीलाई २०८२ साउनबाटै बलात्कार गरिरहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

पीडित बालिकाकी आमाले दिएको बयान अनुसार छोरीमाथि बलात्कार भइरहेको जानकारी पाएपनि श्रीमानले मार्ने धम्की दिएपछि घटनाबारे भन्न सकेको बताइएको छ । आर्थिक विपन्नताका कारण किशोरीकी आमाले दैनिक कमाउन जानु पर्ने र घरमा बाबुले दैनिक जाँड रक्सी खाएर आफू र छोराछोरीलाई कुटपिट गर्दै आएको आमाको बयान छ । बालिकालाई दैलेखस्थित एक सामाजिक संस्थाको संरक्षणमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आफ्नै बाबुको बलात्कारको शिकार बनेकी किशोरीले बाबुको डरले घटनाबारे कतै भन्ने नसकेको बताएकी छिन् । गत साउन महिनादेखि नै छोरी बलात्कारमा परेको बालिकाकी आमाको बयान छ । ‘म महिनावारी भएको बेला छाउगोठमा सुतेको थिएँ । छोरीहरु बाबुसँग सुतेका थिए त्यहीबाट बाबुको कुकृत्य शुरु भएछ’ किशोरीकी आमाको बयान छ । १२ वर्षीया छोरीमाथि आफ्नै बाबुले त्यस्तो गर्लान भन्ने कल्पना पनि नगरेको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *