🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेवानिबृत्त भई जान लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको विदाई

काठमाडाैं ।  सेवानिबृत्त भई जान लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई फौजी परम्परा अनुसार स–सम्मान बिदाई गरिएको छ ।  सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई संगठन प्रमुखको छडी र सशस्त्र प्रहरी बल नेपालको झण्डा हस्तान्तरण गर्नुभएको छ ।

२०८३ बैशाख १८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले मायाको चिनो प्रदान गर्नुहुँदै हार्दिक बिदाई गर्नुभएको हो ।

यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याललाई संघकी उपाध्यक्ष श्रीमती सावित्रा कुमारी पौडेलले फुलमालासहित हार्दिक बिदाई गर्नुभएको हो । सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई संगठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ समेत गर्नुभयो ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा संगठनको सर्वोच्च तहमा पुग्नु र सफलतापूर्वक अवकाश हुनुलाई जीवनको महत्वपूर्ण उपलब्धी तथा गौरव महशुस गरेको बताउनुहुँदै संगठनलाई परिवारको रुपमा लिइ अनुशासन, त्याग, इमान्दारिता र नेतृत्वको साँचो अर्थ सिक्ने मौका मिलेको समेत बताउनुभयो ।

संगठन सुधार केवल एक प्रमुखको कार्यकालमा शुरु भएर अर्को प्रमुखको कार्यकालमा सकिने विषय नभई निरन्तर चलिरहने प्रक्रिया भएको बताउनुहुँदै महानिरीक्षक अर्यालले राष्ट्र, संगठन र जनताको सुरक्षासँगै मातहत सशस्त्र प्रहरी कर्मचारीहरुको हितलाई सर्वोपरी राखी काम गरेको उल्लेख गर्नुभयो ।

उहाँले सशस्त्र प्रहरी बल नेपालको बर्दीले सज्जनलाई भर र अपराधीलाई डरको प्रतिकको रुपमा विकास गर्दै लैजानुपर्ने बताउनुहुँदै आफ्नो सेवाकालको दौरानमा साथ, सहयोग र उर्जा दिने राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई हार्दिक धन्यवाद समेत दिनुभयो ।

त्यस्तै समारोहमा नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले राष्ट्रको सुरक्षामा समर्पित जीवन कहिल्यै अवकाश हुँदैन, यो केवल एउटा अध्यायको समाप्ति र अर्को जिम्मेवार यात्राको शुरुवात रहेको बताउनुहुँदै सेवा निवृत्त हुन लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई आगामी जीवन सुखद, स्वस्थ, सम्मानित र सफलताको शुभकामनासहित उहाँको अनुभव, मार्गदर्शन र दृष्टिकोण आगामी दिनहरुमा पनि संगठन लागि मार्गनिर्देशन बनिरहने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले संगठनमा स्थापित मुल्य, मान्यता र परम्परालाई अझ सुदृढ गर्दै सशस्त्र प्रहरी बल नेपाललाई आधुनिक, सक्षम, व्यवसायिक र जनउत्तरदायी संगठनको रुपमा निरन्तर अघि बढाउने बताउनुहुँदै संगठन विकास, सुदृढीकरण र संस्थागत सबलीकरणका लागि अघि सारिएका सुशासन, पारदर्शिता र भ्रष्टाचारप्रति शून्य सहनशिलताको नीतिलाई दीर्घकालिन मार्गदर्शनका रुपमा स्थापित गरी थप परिस्कृत र शुद्धिकरण गर्दै लैजाने समेत उल्लेख गर्नुभयो ।

संगठनलाई राज्य र जनताप्रति विश्वास योग्य बनाउन सशस्त्र प्रहरी कर्मचारीहरुको योगदान महत्वपुर्ण हुने बताउनुहुँदै नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भन्नुभयो–‘उच्च नैतिक आचरण र दृढताले एउटा सशक्त सन्देश दिन्छ, जहाँ आचरण शुद्ध हुन्छ त्यहाँ निर्णय स्पष्ट हुन्छ, जहाँ मन दृढ हुन्छ त्यहाँ नेतृत्व विश्वसनीय हुन्छ ।’

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सक्ष्ािंप्त जीवनी तथा विशेष योगदानको बायोग्राफी समेत प्रदर्शन गरिएको उक्त समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी लगायत सशस्त्र प्रहरी बल नेपालका सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *